ताजा अपडेट »

पर्यटनको सम्भाबनाको पहिचान गर्नुपर्नेमा पर्यटन राज्यमन्त्रि श्रीपालीको जोड

आइतबार, २९ पुस २०८०, २० : १२
30 Shares

अर्घाखाँची । सस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुसिला श्रीपालीले पर्यटनको तत्कालीन ,अल्पकालीन र दिर्घकालिन गुरुयोजना बनाएर लाग्नुपर्ने बताउनुभयो । नेपालमा पर्यटनको प्रचुर सम्भाबना बोकेका क्षेत्र रहेकोले पहिचान गर्नुपर्नेमा जोड दिइन । 

रिपोटर्स क्लब नेपाल लुम्विनी प्रदेशले सन्धिखर्कमा गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले अर्घाखाँचीमा पर्यटनको सम्भावनालाई उजागर गर्दै प्रचार प्रसारका माध्यमबाट जिल्लालाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नेपाल पत्रकार महासंघ लागेकोमा धन्यवाद समेत दिइन । नेपाल पत्रकार महासङ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानमा सबैले साथ दिनुपर्नेमा उनले जोड दिइन । लुम्बिनीमा आएका पर्यटकलाई सुपादेउराली हुदै जिल्लाका अन्य पर्यटकिय क्षेत्रमा पुर्याउन सकेमा मात्र जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने मन्त्री श्रीपालीको भनाइ रहेको छ । 

नेपाल पत्रकार महासङ अर्घाखाँचीले सञ्चालन गरेको पर्यटन प्रबर्धन अभियानको उद्घाटनमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड यहि माघ १ गते सन्धिखर्क आउने कार्यक्रमलाइ लक्षित गर्दै आयोजना भएको कार्यक्रमा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको पर्यटन विकासमा प्रदेशको तर्फबाट पर्याप्त बजेट विनियोजन हुन नसकेको स्विकार गर्दै आगामी दिनमा पहल गर्ने बताए ।

जिल्ला समन्वय समितिका सभापति जिवनारायण कोइरालाले प्रधानमन्त्री दाहाललाई जिल्लाका महत्वपुर्ण बिकास आयोजनाको  निर्माणका विषयमा ध्यानाकर्षण गराउने बताए ।
नेपाली कांगे्रस लुम्विनी प्रदेश सहमहामन्त्रि बिष्णु प्रसाद खनालले जिल्लाका पर्यटकिय स्थलको पुर्वाधार निर्माण नहुदा पर्यटनको विकासले गतीलिन नसकेको बताए । जिल्लाको विकासमा सबैको साझा एजेन्डा बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले चारवटै सुरक्षा निकाय परिचालन गरि जिल्लाको समग्र शान्ति सुरक्षा चुस्त पारिएको बताए । कार्यक्रममा सन्धिखर्क नगरपालीकाका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,पत्रकार महासंघ केन्द्रिय सदस्य राधा नेपाली,जिल्ला उपाध्यक्ष विरेन्द्र केसी,सहसचिव हृदय भुसाल,चेम्बर अफ कमर्सका अध्यक्ष अशोक श्रेष्ठले मन्तव्य राखेका थिए।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।