ताजा अपडेट »

विज्ञान शिक्षक समाजको अधिवेशन सम्पन्न

शनिबार, २८ पुस २०८०, २१ : १२
120 Shares
शनिबार, २८ पुस २०८०
120 Shares

भैरहवा । देशै भरिका विज्ञान अध्यापन गराउने शिक्षकहरुको साझा सङ्गठन विज्ञान शिक्षक समाज नेपाल (STAN) अन्तर्गत रुपन्देही जिल्लाको प्रथम अधिवेशन भैरहवाको भानु माविमा सम्पन्न भएको छ।
रुपन्देही जिल्लाका बिभिन्न विद्यालयमा विज्ञान पढाउने शिक्षकहरुको सहभागिता रहेको उक्त कार्यक्रम जिल्ला तदर्थ समिति संयोजक महेश प्रसाद गुप्ताको अध्यक्षता तथा शिक्षक श्री सन्तोष प्रसाद गुप्ताको संचालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा मन्तव्य राख्दै शिक्षक डिलाराम खनाल,चिरन्जीवी रेग्मी, बासुदेव पौडेल र क्षितिज पाण्डेले विज्ञान शिक्षकको पेशागत विकास र देशको समग्र विज्ञान तथा प्रविधीको विकासको लागि STAN ले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए । भेलाले शिक्षक दिपक बन्जाडेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको  उपाध्यक्षमा  महेश प्रसाद गुप्ता,सचिव सतोष प्रसाद गुप्ता, सहसचिव विना बस्याल र कोषाध्यक्ष ओमकार आचार्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।