ताजा अपडेट »

जिल्लाको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत जाने

बुधबार, २५ पुस २०८०, १८ : २३
164 Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने कानूनी लडाईका लागि उच्च अदालत जाने भएका छन् । काठमाडौँ जिल्ला अदालतबाट बुधबार ८ वर्ष कैद सजाय सुनाइएका लामिछानेलाई गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरिएको थियो ।  उनलाई अदालतले बुधबार ८ वर्ष कैद र तीन लाख जरिवाना र दुई लाख पीडितलाई क्षतिपूर्ति भराउने निर्णय गरेको छ ।

लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएकाले न्यायको लागि उच्च अदालत जान लागिएको बताए । ‘हामीलाई सम्मानित अदालतको स्वतन्त्र, निष्पक्षमा अटल विश्वास छ । र त्यो हुँदाहुँदै पनि सम्मानित अदालतले गरेको दोषी ठहर गर्ने जुन फैसला गरेको छ । त्यसमा हाम्रो गम्भीर आपत्ति छ । अदालतले गरेको आदेश मान्नुपर्ने हाम्रो बाध्यता हुँदाहुँदै पनि हामी निर्दोष भएको हुनाले हामीले त्यसलाई च्यालेन्ज गर्ने हाम्रो राइट छ । हाम्रो त्यसमा गम्भीर आपत्ति छ ।’

कुनै पनि वस्तुगत आधार, प्रमाणहरूले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछानेलाई दोषी भएको अवस्थामा माथिल्लो अदालत जाने अधिकार सुरक्षित रहेको बताए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।