ताजा अपडेट »

यूएईमा सवारी दुर्घटनामा परेर बैतडीका एक जनाको मृत्यु

बुधबार, १८ पुस २०८०, १८ : ०५
144 Shares
बुधबार, १८ पुस २०८०
144 Shares

बैतडी । संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ। रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो।

पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको आफन्तले बताएका छन्। आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।