ताजा अपडेट »

मुम्बईको एक कारखानामा आगलागी, ६ को मृत्यु

आइतबार, १५ पुस २०८०, १० : ५३
20 Shares

मुम्बई ।भारतको महाराष्ट्रस्थित छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । छत्रपति संभाजी नगरमा रहेको पञ्जा बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

यस घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । वालुज एमआईडीसी क्षेत्रमा रहेको कारखानामा बिहान सवा २ बजेबाट आगलागी सुरु भएको थियो । कारखाना बन्द रहेको र कामदार सुतिरहेको समयमा आगो लागेको बताइएको छ । आगलागीको यकिन कारण भने खुल्न सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।