ताजा अपडेट »

लाल सागरमा भारतीय झण्डा बोकेको तेल ट्याङ्करमा हुथी विद्रोहीद्वारा ड्रोन आक्रमण

आइतबार, ०८ पुस २०८०, १३ : ०८
24 Shares

काठमाडौँ । लाल सागरमा यमनका हुथी विद्रोहीहरूले शनिबार साँझ ड्रोनद्वारा भारतीय झण्डा भएको कच्चा तेल ट्यांकरमा हमला गरेका छन्। अमेरिकी नौसेनाको केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल साइट एक्समा लेखेको छ, ‘गाबोनको स्वामित्वमा रहेको र भारतीय झण्डा भएको कच्चा तेलको ट्याङ्कर एमभी साईबाबा (व्यापारी जहाज)माथि ड्रोन आक्रमण भएको छ।’

अमेरिकी नौसेनाका अनुसार आक्रमणमा कोही पनि घाइते नभएको बताएको छ तर यसले दक्षिणी लाल सागरमा गस्ती गरिरहेको अमेरिकी नौसेनाको युद्धपोतलाई ‘डिस्ट्रेस’ कल पठाएको छ।

लाल सागरमा पछिल्लो आक्रमण भारतको पश्चिमी तटमा इजरायलसँग सम्बन्धित एक व्यापारी जहाजमा हवाई आक्रमण भएको एक दिन पछि आएको हो । अमेरिकाले उक्त जहाजमा आक्रमण गरेको इरानले आरोप लगाएको थियो ।

गाजा युद्ध सुरु भएयता लाल सागर बाहिर कार्गो जहाजमा आक्रमण भएको यो पहिलो घटना हो। अक्टोबर १७ पछि हुथी विद्रोहीहरूले कुल १५ व्यापारी जहाजहरूमा आक्रमण गरेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।