ताजा अपडेट »

पाँच वर्षीया बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

शुक्रबार, ०६ पुस २०८०, १९ : ५६
246 Shares
शुक्रबार, ०६ पुस २०८०
246 Shares

सिरहा। सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध पक्राउ परेका छन्। सिरहाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो।

घरमा कोही नभएको बेला बालिकालाई ललाइफकाई बलात्कार गरेको बालिकाका छिमेकीले जानकारी दिए। उनले घरका सवै मानिसहरू काम कामका गएका बेला बिहीबार अपरान्ह बालिकालाई ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बेलुकी अभिावक आएपछिमात्र घटनाबारे जानकारी भएको थियो।

घटना जानकारी पाए लगतै प्रहरीलाई खवर गरेका गरिएकोमा प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाका निमित्त प्रमुख इन्सपेक्टर रामप्रसाद कापकोटाले जानकारी दिए।

प्रहरीले आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।