ताजा अपडेट »

बुटवल उद्योग वाणिज्य संघमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन

सोमबार, ०२ पुस २०८०, १६ : २५
100 Shares
सोमबार, ०२ पुस २०८०
100 Shares

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा टुर एण्ड ट्राभल्स बस्तुगत समिति गठन गरिएको छ । आईतबार संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको अध्यक्षतामा बसेको बस्तुगत बैठकले अञ्जनकुमार श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

उक्त वस्तुगत समितिको उपसभापतिमा बरुण ज्ञवाली तथा सदस्यहरुमा गणेश भट्टराई, दिवाकर पिया, बिराट श्रेष्ठ, बाबुराम आचार्य, मञ्जु गिरी रहनु भएको संघकी कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिकी समन्वयकर्ता रेनु श्रेष्ठले जानकारी गराए । त्यस्तै बस्तुगत समितिको सल्लाहकारमा सञ्जय बजिमय, कुलचन्द्र पाण्डे, अनिलमान श्रेष्ठ, सागर अधिकारी र प्रदिपप्रसाद उदयलाई चयन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।