ताजा अपडेट »

भारतीय संसद् बैठक चलिरहेको बेला दुई अज्ञात व्यक्ति प्रवेश गरेपछि...

बुधबार, २७ मंसिर २०८०, १५ : ३१
30 Shares

काठमाडौँ । भारतको लोकसभामा बुधबार संसदको कार्यवाही चलिरहेको बेला एक व्यक्तिले दर्शक ग्यालरीबाट हाम फालेको घटना सार्वजनिक भएको छ ।

भिडियोमा उक्त व्यक्ति सांसदको बेन्चमाथि उफ्रिँदै सभामुखको कुर्सीतर्फ सर्दै गरेको देख्न सकिन्छ । सांसदहरूले यो व्यक्तिलाई पक्रन खोजिरहेका छन्। यो भिडियोमा पनि देख्न सकिन्छ ।यस घटनापछि धेरै सांसदहरूले मिडियालाई भने, ‘लोकसभाको दर्शक ग्यालरीबाट दुई जनाले हाम फालेका थिए।’

मिडिया रिपोर्टका अनुसार यी मानिसहरुको हातमा ‘रङ स्मोग’ थियो । पश्चिम बंगालका बीजेपी सांसद खानेन मुर्मुले लोकसभामा बोल्दै गर्दा यी मानिसहरू दर्शक ग्यालरीबाट हाम फालेको बताए। त्यतिबेला राजेन्द्र अग्रवाल सभामुखको कुर्सीमा बसेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।