ताजा अपडेट »

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ 

शुक्रबार, २२ मंसिर २०८०, १६ : ५२
119 Shares
शुक्रबार, २२ मंसिर २०८०
119 Shares

बुटवल । रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै चरणबद्ध आन्दोलन सुरु भएको छ ।

विमानस्थल  नियमित रूपमा सञ्चालन गर्नको  विभिन्न नियाका ज्ञापन  बुझाएको सिद्धार्थ सञ्जाल, रुपन्देहीले  आज भैरहवा शान्तिपूर्ण रूपमा  प्रदर्शन गरेको छ। उक्त आन्दोलनलाई लुम्बिनी प्रदेशमा गृहमन्त्री सन्तोष पाण्डेयले साथ दिएका छन् । 

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा विभिन्न सङ्घ–संस्थाहरूको सहभागिता रहेको थियो।भैरहवाको देवकोटा चोकबाट सुरु भएको याली बैंकरोड, नारायणपथ, बर्मेली टोल हुँदै बुद्ध चोकमा पुगेर समापन भएको थियो।यालीमा सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए । 

विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण जनदबाब याली तथा विरोध प्रदर्शन गरिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

यालीमा लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे के.सी.,सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधिहरू, उद्योगी, व्यवसायी, विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं नगर बासीहरूको उपस्थिति  जनाएका छन् । 

प्रदर्शनपछि बुद्ध चोकमा आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले विमानस्थल सञ्चालन नआएसम्म प्रदेश सरकारले नेतृत्व लिएर सञ्चालनमा ल्याउने प्रतिबद्धता  जनाएका छन् । उनले  विमानस्थल सचालनको लागि सञ्जालले  पर्यटन मन्त्रिदेखी प्रधानमन्त्रीसम्मलाई ज्ञापन पत्र बुझाए पनि सञ्चालन नहुँदा पर्यटन क्षेत्रमा ठुलो नोक्सान पुगेको बताए। उनले  विमानस्थल सञ्चालन गर्नको लागि आफ्नो आन्दोलन निरन्तर साथ रहने बताउँदै आफूले सरकारले  छाडेर भए पनि  आन्दोलनमा  साथ दिने प्रतिबद्धता जनाएका छन् ।

सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले विमानस्थल सञ्चालन हुने भनेर विमानस्थल सञ्चालन भए यहाँ पचासौँ लाख पर्यटक यहाँ आउने बताए । उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा  पुगेको बताए । संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले यो आन्दोलनलाई  सरकारले सानोतिनो नठान्न चेतावनी दिएका छन् । लुम्बिनी प्रदेश सदस्य देवी प्रसाद चौधरीले पटक पटक कुरा उठाउँदा उठाउँदै पार नलागेपछि  बाध्य भएर आन्दोलन जानु परेको बताए । सञ्जालले  विमानस्थलमा धर्ना देखी आन्तरिक उडान रोक्नको लागि टिकट  नकाट्ने चेतावनी दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।