ताजा अपडेट »

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

शुक्रबार, २२ मंसिर २०८०, १३ : २४
66 Shares
शुक्रबार, २२ मंसिर २०८०
66 Shares

झापा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-४ बस्ने २२ वर्षीय जसवन्त कुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गणेशले ती महिलालाई विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।