ताजा अपडेट »

भारतमा सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा, ५ जनाको मृत्यु, उडान प्रभावित

मंगलबार, १९ मंसिर २०८०, १० : ३९
26 Shares

काठमाडौँ । भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु सामुद्रिरक आँधी ‘मिचाउङ’को प्रभावले भारी वर्षा भइरहेकाे छ । सामुद्रिक आँधी ‘मिचाउङ’को प्रभाव मंगलवार भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म पुग्ने चेतावनी दिइएकाे बीबीसीले जनाएकाे छ ।

भारतको मौसम विभागका अनुसार ‘गम्भीर चक्रवात मिचोउङ’ चेन्नईबाट १३० किलोमिटर उत्तरमा रहेको र आँधीका कारण चेन्नईमा भारी वर्षा भइरहेको छ । अविरल वर्षाका कारण राजधानीमा हालसम्म ५ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने पाँच जनामध्ये दुई जनाको करेन्ट लागेर र एक जनाको रुख ढलेर मृत्यु भएको हो । अन्य दुई जनाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।