ताजा अपडेट »

तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु

सोमबार, १८ मंसिर २०८०, १३ : १५
52 Shares

काठमाडौँ । भारतको तेलंगानामा सोमबार बिहान दुर्घटना भएको भारतीय वायुसेनाको ट्रेनर विमानमा सवार दुवै चालक दलका सदस्यको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा यो कुराको पुष्टि भएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रहरीका अनुसार यो दुर्घटना मेडक जिल्लाको तुपारनमा भएको हो । एक वरिष्ठ पुलिस अधिकारीले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार विमान डुन्डिगलको एयर फोर्स एकेडेमीबाट उडेको थियो। अहिले सबै अधिकारी घटनास्थल पुगेका छन् ।

आईएएफको विज्ञप्तिमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिइएको पनि बताइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।