१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौ । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो । टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन ।

Advertisement

सार्वजनिक गरिएको टोलीमा एक दिनअघि समाप्त भएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले मात्र स्थान पाएका छन् । विश्वकप खेलेका श्रेयस अय्यर अन्तिम दुई खेलमा टिममा समावेश हुने र उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।

अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।

भारतको टी- २० टिम: सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान र मुकेश कुमार ।

अष्ट्रेलियाको टी- २० टिम:  म्याथ्यू वेड (कप्तान), जेसन बेहरेनडोर्फ, सीन एबोट, टिम डेभिड, नाथन एलिस, ट्राभिस हेड, जोस इंग्लिस, केन रिचार्डसन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याट सर्ट, स्टिभ स्मीथ, मार्कस स्टोइनिस, एरोन हार्डी र एडम जाम्पा ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने