१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । शुक्रबार राष्ट्रिय कफी दिवस । संयोग सोही दिन कफीको जननी जिल्ला भनेर चिनिने गुल्मी, त्यसमा पनि मुसिकोट नगरपालिकामा जापानी जनप्रतिनिधीहरुले भ्रमण गरेर भविश्यमा गुल्मीको कफी सहितको स्थानीय उत्पादन र जापनी उत्पादन आदन प्रदान गर्ने लगायतका बिषयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

Advertisement

मुसिकोट नगरपालिका र जापानको आईता प्रान्त बुङ्गोओन नगरपालिका बिच भगिनी सम्वन्ध स्थापनाका लागि सद्भावपुर्ण भेटघाट कार्यक्रममा कार्यक्रममा बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोको नेतृत्वमा आएको पाँच सदस्यी प्रतिनिधी मण्डललाई मुसिकोट नगरपलिकाका मेयर जिवलाल खरेल जिवनले भब्य स्वागत गर्नु भएको थियो । भविश्यमा भगिनी सम्वन्ध स्थापना गर्ने सम्झौता पत्रमा दुबै नगरपालिकाका मेयरले हस्ताक्षर गरेर आदन प्रदान गरेका थिए ।

समारोहको स्वागत कार्यक्रममा मेयर खरेलले भने’ राष्ट्रिय कफी दिवसकै दिन जापानी जनप्रतिनिधहरुलाई कफीको जननी जिल्ला त्यसमा पनि मुसिकोट नगरपालिकामा स्वागत गर्न पाउनु शुभ संकेत हो भन्ने मलाई लागेको छ ।’

आज भन्दा तिन बर्ष अघि पुर्व मेयर सोमनाथ सापकोटा , वडा नम्वर ७ का तत्कालिन वडाध्यक्ष प्रकाश काफ्ले, वडा ८ का तत्कालिन वडाध्यक्ष नारयण सापकोटा जापनको उक्त नगरपालिकामा सद्भावपुर्ण भ्रमणमा पुगेका थिए । त्यस्तै वामी घर भई जापनामा विभिन्न ब्यसाय गरेर बस्ने रोशन केसी, सुरेश केसी, भुषण घिमिरेले पनि यी दुई नगरपलिका बिच सद्भावपुर्ण भ्रमण गराई भगिनी सम्वन्ध स्थापना गराउने भुमिका खेलीरहेको प्रति मेयर खरेलले धन्यवाद दिएका थिए । कार्यक्रमा जापनमै पढेर आएका प्राध्यापक डाक्टर ताराप्रसाद सापकोटाले गुल्मीमा कफी उत्पादनबारे जापानी पाहुनाहरुलाई अवगत गराएका थिए ।

समहोराको पानसमा दिपप्रजलन गरी बुङ्गोओना सिटीका मेयर फुमितोशी खबानोले उद्घाटन गर्दै खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा उपप्रमुख गंगा श्रेष्ठ, पुर्वमेयर सोमनाथ सापकोटा , प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधी र मुसिकोट नगरपालिकाका बुद्धिजिवीहरुको सहभागिता थियो । समारोमा दुबै मेयरले मायाको चिनो आदान प्रदान गरेका थिए। मेयर खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्यस नगरपालिकाका कर्मचारी बिष्णुप्रसाद खरेलको सहजिकरण रहेको थियो । यसैबीच उनै जापानिज जनप्रतिनिधिहरुले आँपचौरमा रहेको कफी बगानको अवलोकन समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर