२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित नमस्ते एकेडेमीमा अध्ययनरत ७ जना विद्यार्थी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन श्रीलंका तर्फ प्रस्थान गरेका छन् ।

Advertisement

१० औं अन्तर्राष्ट्रिय जापान सोतोकन खुल्ला कराँते प्रतियोगितामा सहभागी हुन विद्यार्थीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् । विद्यार्थी , व्यवस्थापक , अफिसियल र टीम प्रशिक्षकलाई एक कार्यक्रमको आयोजना गरी बिहीबार बिदाई गरिएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै नमस्ते एकेडेमीका विद्यार्थीहरु देवकुमार शाह, आइलेसजङ्ग थापा ,अन्स चौधरी ,नितिशा श्रेष्ठ , हिमानी थापा मगर ,बेद जैसवाल ,वीरबहादुर कुमाल , व्यवस्थापक विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवर ,टीम प्रशिक्षक कमरुद्दीन अली र अफिसियल शुलोचना घिमिरेलाई शुभकामना दिदै विदाई गरिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापक उमेश कँडेलले आफ्नो कला र सीप प्रर्दशन गर्दै आफ्नो, विद्यालय र राष्ट्रको गौरव राख्दै उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे । साथै विद्यार्थीहरुलाई खेल र मन दुवै जित्न आवश्यक रहेको उल्लेख गरे । नमस्ते एकेडेमीले यसअघि २०२२ मा श्रीलंका र २०२३ मा मलेसिया गएर खेल खेलेर च्याम्पीयन हुँदै ट्रफी लिएर आएको थियो ।

प्रतियोगिता १८ नोभेम्बर २०२३ हुँदैछ । श्रीलंकामा कराँते प्रतियोगिताका साथैशैक्षिक भ्रमण कार्यक्रम पनि रहेको व्यवस्थापक राजेन्द्र कुँवरले बताए। वादोरियो कराँते संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जनेश पन्थीको अध्यक्षता र
शशस्त्र प्रहरीका डिएसपी किशोर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष शोभाखर पन्थीले पनि शुभकामना व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै