१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

कसरी पत्र कोरौं ? त्यै पनि मनको बह पोख्दैछु । वेदनाको पोको खोल्दै छु । स्वर्गबासी भाइको नाममा । भाइ, तिमी त परमधाम भयौ । अस्तायौं । त्यो सँगै हाम्रा सबै खुसीहरु लुटीए । सँगसँगै एउटी दिदीको तिहार पनि खोसियो । तिमी बिनाको तिहार कति खल्लो भए होला ? यो दिनले मलाइ कति पीडा दिए होला ? यो कुरा केवल म मात्रै महसुस गर्न सक्छु ।

Advertisement

आज २०८० साल कात्तिक २९ गते । जहाँतहीँ तिहारको खुसियाली छाएको छ । गाउँ शहर झिलिमिली छन् । मानिसहरुमा रौनक छाएको हुन्छ । सबै प्रशन्न देखिन्छन् । तथापि म एउटा भाइ गुमाएको दिदी । तिहार खोसिएकी एक अभागी पात्र । तसर्थ रङै रङको पर्व मेरो लागि फिका भएको छ । तिहारसँगै देखिएको रौनकले मुटु थप भक्कानियर आएको छ । तथापि सहन वाद्य छु । भतभति पोलेको मनसँगै अनायस दिन काट्न बाद्य छु । न मैले तिमीलाई लामो आयुको आशिर्वाद दिँदै टिका लगाइदिन सक्छु । न त मेरो निधार नै रङ्गाउन सक्छु । अब उप्रान्त हाम्रो घरमा मखमली र तिहारे फुल कहिल्यै फुल्ने छैनन् । दिपावली आउने छैन ।

भाइ, आखिर दैवले हाम्रो तिहार खोसेरै छाड्यो । कृषी सम्बन्धी ज्ञान सिक्ने ठुलो सपना बोकेर केही महिनाको लागि इजरायल गएका तिमी रातो बाकसमा आउन बाद्य भयौँ । त्यो पनि क्षतविक्षत रुपमा । आतंककारीले २०८० असोज एक्काइस गते तिमी माथि आफ्नो निर्दयी व्यवहार प्रस्तुत गरेरै छाड्यो । क्रुर मृत्यु बनेर आयो पापी हमास । र ठोक्यो गोली तिमी लगाएतका होनाहर युवाहरु माथि । दश जनालाई मारेरै छाड्यो । आत्म समर्पण गर्दा पनि छाडेन । दयाहीन दानवहरुको समुहले कसैको हार गुहार सुनेन । हामी नेपाली हौ । इजरायली हैनौ भन्दा पनि बस् ड्याङ, ड्याङ गोली हान्यो । हत्या गर्यो । अनाहकमा ! आत्मरक्षाका खातिर बंकरमा लुकिरहेकाहरुलाई भित्रै ग्रेनाइट छिराएर आक्रमण गर्यो ।

सम्झदा पनि आङ्ग जिरिङ्ग भएर आउने ! आक्रमण पश्चात चहराइरहेका गम्भिर घाउहरुमा कसैले मलम लगाइ दिएनन् । विदेशी भूमिको रणभूमिमा तिमीहरु अल्झिइरह्यौ । बंकर भित्र तडपिन पर्यो । घाइते भएकाहरु घन्टौ सम्म उपचार र उद्धारको पर्खाइमा बस्यौ । उपचारको लागि हार गुहार गर्यौ । । तिमीहरुका सबै याचनाहरु खेरा गए । बिचरा पानी पनि पिउन नपाइ मृत्युवरण गर्न बाद्य पारियो । तिम्रा केही साथिहरुलाई अपाङ्ग बनाइए । अर्का भाइ विपिन जोशीलाई अज्ञात स्थान तर्फ लगियो । उनलाई केकस्तो अवस्थामा राखेका छन् भन्ने कुरा हालसम्म अज्ञात नै छ । प्रार्थना गरौ उनी जीवित नै नेपाल आउने छन् । मेरो भाइ जिवीत नरहे पनि उनी पनि मेरै भाइ हुन् भन्ने मैले ठानेकी छु ।

आतंककारी आक्रमणको खबर सँगै सुन्न नपरोस भनी पुकार गरेको खबर अन्ततोगत्वा सुन्नै पर्यो । सबैलाई थाहा छ । मृत्यु हुन्थ्यो, हुन्छ र भइरहन्छ । तथापि तिम्रो जस्ता मृत्युहरुले थप मर्महात पार्दा रहेछन् । तिम्रो मृत्यु वास्तवमै त्यस्तै रह्यो । पहिलो पल्ट समाचार पढ्दा, सुन्दा र हेर्दा कसैले पनि विश्वास गर्न सकेनन् । तथापि त्यो सत्य सावित भयो । तिमीहरुमाथि आक्रमण र हत्याको खबरले हामीमा मात्रै हैन देशभर सन्नाटा नै छायो । देश रोयो । तर अब यसको सोध भर्ना कहाँ छ र ?झन् तिहारको बेलामात तिम्रो स्मृतीले मलाई सम्हाल्नै नसकिने बनाएको छ ।

दैवको लिला । कस्ले नै टार्न सकेको छ र ?जे परेपनि सहनै परेको छ । उफ् कसरी लेखौ । कसरी वर्ण गरु । तिमी नौजवान हुँदै अकालमा धर्ती छाड्न बाद्य पारियौं । तिहारको पुर्व सन्ध्यामा मा तिमी आउला भनेको लास पो आयो । हामी विमान स्थल पुग्दाको वातवरण म वयान गर्न सक्दिन । कति हृदयविदारक दृष्य थियो त्यो । म, बाबु आमा लगाएत परिवारका सबै सदस्यहरुको होस हवास उड्यो । असामयिक देहवसान पछि तिम्रो लास बुझ्नु पर्दाको क्षण हाम्रो जीवनकै दुःखद क्षण बन्यो । सँगै मर्न नसकिदो रहेछ । त्यसैले बेचैन भएपनि नमर्दा सम्म सास फेर्नु, बाँच्नु यो मेशिन रुपी शरिरको बाद्यता रहेछ ।

सोही कारण तिहार अब स्मरण मात्र भएको छ स्वर्गीय भाइ । मेरो लागि कहिल्यै नआउने तर पात्रोमा वर्षेनी उल्लेख हुने एक कालो दिन बनेको छ । मेरो प्राण रहेसम्म यही प्रकृया दोहोरिनेछ । तिहार मनाउन त मलाई परेन तथापि यसले बित्थामा पीडावोध गराइरहने छ ।

मैले आफ्नो भाइको भौतिक शरिरको साटो सदासदाका लागि फोटोमा टिका लगाउनु परेको छ । माल्यार्पण गर्नु परेको छ । तिमी फिस्स हासेको तस्वीरमा टिका लगाइ दिदा म विक्षिप्त छु बाबु । केवल मलाई मात्र थाहा छ कि तिम्रो निर्जीव एउटा तस्वीरमा टिका लगाई दिनुपर्दा मेरो मन कति कुँडिएको छ ? कति कष्टपुर्ण रहेहोला जहाँ आफूँ फिका रहेर फगत एउटा निर्जीव तस्वीर रङगाउनु पर्दा ? हर्शोल्लाष भन्दा निराशा थपिदिने तिहार भन्ने चाड नै बरु नआए हुन्थ्यो ।

प्रत्येक नकारात्मक घटना विशेषका आफ्ना आफ्ना कटु प्रभाव रहन्छन् । त्यसैले एउटा दिदी वा वहिनीको लागि आफ्नो दाजुभाइ गुमाउनु वा त्यसको ठीक उल्टो हुनु वास्तवमै जीवनको एउटा निकट साथि गुमाउनु सरह रहेछ । त्यस्ता घटनाको स्मरणले तिहारको बेलामा दिने पीडाको त आँकलन नै गर्न नसकिने तहको हुँदोरहेछ । अन्य अवस्थामा बरु केही सम्हालिन सकियला तथापि भाइटिकाको समयमा भने सम्हालीन गाह्रो हुदोरहेछ ।

मलाई मात्र यो पीडा परेको हैन । यस्ता घटनाहरु धेरै परिवारमा घटेका छन् । जस्कोमा परेको छ, उस्ले नै वास्तविक पीडा महशुस गर्न सक्छन् ।नेपालीहरुका निधार खाली हुनका विविध कारणहरु छन् । कतिपय उमेर पुगेकाहरुको प्राकृतिक मृत्युबाट बिछोड भएको हुन्छ । भने कतिपय भवितव्य । प्राकृतिक भन्दा भवितब्यबाट सिर्जित घटनाले मानिसलाई थप मर्महात पार्दो रहेछ । वास्तवमै सहन सक्ने हुदोरहेनछ ।

हाम्रो देशमा चलेको दश वर्षे जनयुद्ध,२०६२÷०६३ को जनआन्दोलन लगाएत अन्य त्यस्तै प्रकारका राजनीतिक आन्दोलन, द्धन्दमा लगभग हजारौका निधार खालि भए । राजा फालेर सत्तामा पुगेपछिका लगभग सत्र वर्ष सम्म पूनः देशमा भएका विभिन्न नामका आन्दोलनहरुमा धेरै नेपालीले ज्यान गुमाइरहनु परेको छ । राजनीतिक परिवर्तन, स्थायी शान्ति, विकास, सुशासन, समृद्धीका नाममा हामी सधैँ पारिवारिक विछोड सहन बाद्य छौँ । कहिले सम्म भन्ने पनि निश्चित छैन ।

अहिले विदेशमा जागिर, ज्याला मजदुरी वा शिक्षा आर्जन गर्न पुगेका मध्ये कतिपयको शरिर मेरो भाइको झैँ बाकसमा भित्रेको कारण पनि उत्तिकै संख्यामा परिवारमा चाडवाडमा खुसीको आउन सकेको हँुदैन । जस्ले जेसुकै कारणबाट भएपनि अनिष्ट भएका परिवारहरुमा बाच्नेहरुलाई चाडपर्वहरु साच्चै नारकिय भएर जाँदा रहेछन् । यस परिस्थितिको सिर्जना व्यक्तिको आफनो चाहनाले भन्दा पनि देशमा रहेको बेरोजगारी समस्याको परिणाम स्वरुप भएको हो । जानिजानि मानिस मौतको कुवामा पक्कै हाम फाल्ने थिएनन् होला । हातमुख जोडनैका लागि युवाहरु विदेश हानीनु परेको छ ।

घटना घटिसक्यो । हत्या भइसक्यो । क्षति भइसक्यो । हाम्रो तिहार गुम्यो । कुनै पनि तरिकाले मेरो भाइ लगाएत मृत्यु भएकाहरु व्युतिने छैनन्। तथापि सरकार यस घटनाबाट गम्भिर बन्नु पर्छ । आम नागरिक पनि सचेत बन्नु पर्छ । अबका दिनमा यस प्रकारका घटनाहरु न्युनिकरण वा निराकरण गर्न नेपाल सरकार र सम्वद्ध सबै पक्षले ध्यान दिनु अपरिहार्य छ । अध्ययन, रोजगारीका लागि विदेश जानेलाई स्वदेशमा नै रोक्ने वातवरण नबनेसम्म सम्बन्धित देशको सुरक्षा अवस्था बुझेर मात्रै जाने अनुमति दिनुपर्छ । भ्रमण अनुमति दिदाखेरी नै त्यस देशको सुरक्षाको बारेमा सरकार जानकार हुनुपर्छ । सुरक्षाको प्रत्याभुति दिन नसके भ्रमण वा काम गर्ने अनुमति नै दिनु हुदैन । युद्ध भइरहेका वा द्धन्द सम्भावित देशको विकल्पका रुपमा अन्य देशहरुको खोजि गरीनु पर्छ । समग्रमा सरकारले विदेश गएकाहरुको सुरक्षाको ग्यारेन्टी गर्न सक्नु पर्छ ।

भाइ, तिमीलाई सम्झदा म र सबै परिवारका सदस्यहरु छिनछिनमा भक्कानिन्छौ । होस गुमाउछौ । बोलि नै रोकिन्छ । तथापि अब हामी सम्हालिने प्रयासमा छौ । अब मेरो भाइ फर्कदैन । न त अन्य दश जना भाइहरु नै । म लगाएत दाजुभाइ, दिदीबहिनी गुमाउनेहरुले शोकलाई शक्तिमा बदल्नु पर्छ ।

तर मन कहा मान्छ र ? हाम्रो गाउँको घरमा खुट्टा टेकेपछि त झनै सहन नसक्ने बनाउछ । तिमी, म र हामी सबै जन्मेको, हुर्केको माटो, ढुङ्गाले बनाएको गाँउको जन्म घर तिम्रोे प्रतिक्षामा छ । त्यसैले भाइ, तिहारको लागि मात्र एकदिन आइदेउ न, तिम्रो पूरयिता संसारमा भेटिएन ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर