१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । पाल्पाका स्थानीय तहका जनप्रतिनिधिहरु घुमफिरमा व्यस्त छन् । जनप्रतिनिधि तथा कर्मचारीहरु घुमफिरको व्यस्ततासँगै कार्यपालिका बैठक समेत उतै बस्ने तथा वार्षिक कार्योजनामानै बजेट छुट्याएर भारत भ्रमणमा निस्केपछि आलोचना भएको छ ।

Advertisement

पाल्पाको तानसेन नगरपालिकाले पोखरा पुगेर कार्यपालिका बैठक बसेको छ । मेयर सन्तोषलाल श्रेष्ठका अनुसार वार्षिक समीक्षा गर्न पोखरा पुगेको अवसर पारी उतै कार्यपालिका बैठक सम्पन्न गरिएको हो । वर्षभरीमा गरेका कामको समीक्षा गर्न मेयर श्रेष्ठसहित उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडाका अध्यक्षहरु तथा कार्यपालिका सदस्यको टोली विहिबार पोखरा पुगेको हो ।

एसिया फाउण्डेशनको आर्थिक सहयोगमा पोखरा पुगेर बसेको कार्यपालिका बैठकले विभिन्न ९ वटा निर्णय गरेको मेयर श्रेष्ठले जानकारी दिए । तानसेनमै समीक्षा कार्यक्रमको आयोजना गर्दा जनप्रतिनिधि तथा कर्मचारीहरुले समय दिन नसक्ने भएपछि पोखरा पुग्नुपरेको उनले बताए । शुक्रबार दिनभरी पनि वार्षिक समीक्षामा सहभागी भएर तानसेन फर्किने उनले जानकारी दिए ।

यसैगरी माथागढी गाउँपालिकाबाट कर्मचारी तथा जनप्रतिनिधिको टोली भारत भ्रमणमा निस्केको छ । विहिबार पूर्वी नेपालको इलाम लगायतका ठाउँहरुको भ्रमण गरेको टोली आज सिक्किमतर्फ लागेको पालिकाका सूचना अधिकारी नित्यानन्द खनालले जानकारी दिए । भ्रमणमा कर्मचारीहरुसहित विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चेले जानकारी दिइन् ।

गाउँपालिकाले अध्यय भ्रमणका लागि यो वर्ष ६ लाख रुपैयाँ विनियोजन गरेको र त्यसै रकमको आधा बजेट यस पटकको भ्रमणमा खर्च गरिएको उनले बताइन् । बाँकी बजेट अर्को पटकको भ्रमणमा खर्च गरिने उनले जानकारी दिइन् । भ्रमणमा गाउँपालिका अध्यक्ष यमबहादुर चिदी तथा उपाध्यक्ष लुङ्चे सहित केही वडा अध्यक्षहरु भने सहभागी भएका छैनन् । उपाध्यक्ष लुङ्चेका अनुसार उनी स्वास्थ्यका कारण भ्रमणमा सहभागी भइनन् भने अध्यक्षको पारिवारिक कारणले सहभागी नभएका हुन् । यस पटक छुटेका जनप्रतिनिधि तथा कर्मचारीहरु अर्को पटकको भ्रमणमा सहभागी हुने उनले जानकारी दिइन् ।

समयमै बजेट कार्यान्वयनका लागि विभिन्न योजनाहरुको सम्झौता गर्ने, कार्यान्वयनमा जाने तथा सञ्चालन भएका योजनाहरुको किस्ता भुक्तानी लगायतका काममा यतिबेला अधिकांश पालिकाहरुमा सेवाग्राहीको भिड लाग्ने गर्दछ । स्थानीय सरकारको काम कारबाही नै प्रभावित हुने गरी जनप्रतिनिधि र कर्मचारीको घुमफिरप्रति आलोचना हुने गरेका छन् । गत वर्ष पनि पाल्पाका विभिन्न पालिकाहरुबाट जनप्रतिनिधि तथा कर्मचारीले भ्रमणका नाममा लाखौं रकम खर्च गरेको भन्दै आलोचना भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन