१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न भारतीय फूल आयातमा प्रतिवन्ध गरे पनि अवैध पैथारी रोकिएको छैन । यसै बीच दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठूलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

Advertisement

भारतबाट भन्सार छलेर नेपाल भित्राईएको करोड बढी मुल्य पर्ने माला भण्डारण गरेर राखिएको भेटिए पनि प्रहरीले सबै विवरण बाहिर ल्याएको छैन । कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला वैध हो वा अवैध भन्ने खुलाएको छैन ।

फूलका अबैध आयातकर्ताहरुले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइएपनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन । मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।

रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको बैधानिकताको जाँच भइरहेको बताए । ‘बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न ।’ उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

बालकृष्ण खाणलाई रिहा गर्नेबारे न्यायाधीशको राय बाझियो पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर