ताजा अपडेट »

रुपन्देहीको कञ्चनमा ८ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक पुरुष पक्राउ

शुक्रबार, १० कार्तिक २०८०, ०८ : ०३
4 Shares

बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकामा विहिबार ८ वर्षीया बालिका बलात्कार आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चन गाउँपालिका-३ का ४२ वर्षीय बुद्धबहादुर पुन रहेका छन् ।

प्रहरी चौकी रुद्रपुरका अनुसार कञ्चन-३ की बालिकालाई घरमा कोही नभएको मौका छोपी ललाई फकाई बलात्कार गरि आरोपित पुन फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डमा खटिएको सुरक्षा टोलीले उनलाई खोजतलास गर्ने क्रममा कपिलवस्तु बाणगंगा नगरपालिका-१० स्थित कोठी खेलाबाट नियन्त्रणमा लिएको थियो ।

बलात्कृत बालिकाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।