१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । लायन्स क्लव अफ बुटवल मेट्रोसिटी ले यस क्षेत्रमा पहिलो पटक शिक्षाका लागि अभिभावकत्व कार्यक्रम घोषणा गरेको छ । स्थापना कालदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गर्दै समाजमा उदाहारणीय क्लवको रुपमा पहिचान बनाएको लायन्स क्लव अफ बुटवल मेट्रोसिटीले ‘शिक्षाका लागि अभिभावकत्व कार्यक्रम’ घोषणा गरेको हो ।

Advertisement

शनिवार साँझ बुटवलमा आयोजना गरिएको ‘लायन्स अफ बुटवल मेट्रोसीटी नाईट्स ’ कार्यक्रममा उक्त घोषणा गरिएको हो । क्लवका अध्यक्ष ईन्जीनीयर लायन्स गोविन्द प्रसाद लामिछानेले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को नहरपुरमा रहेको नहरपुर माविका ३ जना विपन्न विद्यार्थीहरुलाई प्राथमिक तह देखि कक्षा १२ सम्मको लागि चाहिने सबै शैक्षिक खर्च व्यहोर्ने गरी शिक्षाका लागि अभिभावकत्व घोषणा गरेका हुन ।

जसमा कुल २ लाख ५० हजार रुपैयाँ बराबरको अक्षयकोष निर्माण गरिने छ । शिक्षाका लागि अभिभावत्वक कार्यक्रमका संयोजक लियो क्लव अफ बुटवल मेट्रोसीटीका संस्थापक अध्यक्ष समेत रहेका लायन्स मनोज गौतमका अनुसार २ लाख ५० हजार रुपैयाँबाट आउने व्याजको रकम बाट ३ जना विद्यार्थीको लागि सम्पूर्ण शैक्षिक सामग्रीमा रकम खर्च गरिने छ ।

लायन्स क्लव अफ बुटवल मेट्रोसिटीका अध्यक्ष ईन्जीनयर गोविन्द प्रसाद लामिछानेको अध्यक्षतामा भएको मेट्रोसिटी नाईट कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गर्भवन अर्जुनमान शैजुले क्लवले ऐतिहासिक कार्यक्रम गर्न सफल भएको बताए । सामाजिक सेवाभावले स्थापना भएका लायन्स क्लवले समाजमा रचनात्मक कार्यक्रम गर्नुपर्ने भन्दै यसको लागि यसमा युवाहरुको रचनात्मक कार्यको अन्य क्ववले पनि सिको गर्नुपर्ने बताएका थिए । कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी नेपालका निर्वतनमान अध्यक्ष नवराज न्यौपाने, डिष्ट्रिक प्रथम उपाध्यक्ष पुराशोत्तमभक्त प्रधनांङ्ग, द्धितिय उपाध्यक्ष बालाराम भट्टराई, सचिव विनोद खरेल, कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा एरिया ३ का चिफ विनोद सुवेदी, पुर्व अध्यक्ष्इा उमानाथ अधिकारी९उमेश०, नवराज बन्जाडे, राम प्रसाद बेल्वासे, नहरपुर माविका प्रधानाध्यापक धनिश्वर गौतम, लियो क्लव अफ बुटवल मेट्रोसिटीका अध्यक्ष सन्जीव सुनुवार, लियो क्लव अफ बुटवल मेट्रोसीटीका संस्थापक अध्यक्ष मनोज गौतम, पुर्व अध्यक्ष दिपेन्द्र पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खेतीप्राप्त लोक दोहोरी गायक प्रचण्ड जिसी सहितको समुहले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष प्रदिप जिसीले गरेका थिए भने सञ्चालन सचिव सागर अधिकारीले गरेका हुन । धन्यावाद मन्तव्य उमानाथ अधिकारी (उमेश)ले राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता