१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । रुपन्देही उद्योग संघको आगामी नयाँ नेतृत्वका लागि उद्योगीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उद्योग संघलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन उम्मेदवारी दिएको उनिहरुले बताएका छन । उद्योग संघको नयाँ नेतृत्वका लागि असोज २९ गते भोली निर्वाचन हुँदैछ।

Advertisement

उम्मेदवारी दर्ता भने असोज २७ गो हिजो भएको हो । स्वतन्त्र उद्योगी प्यानलको रुपमा सफल महिला उद्यमी माया खनालको नेतृत्वमा चुनावी प्रतिस्पर्धा हुने भएको हो । पूर्व महिला सचिव समेत रहेकी खनालले द्धितिय उपाध्यक्षमा उम्मेदवारी दिएकी छन । खनाल उद्यागीहरुबीच लोकप्रिय नेतृ हुन । त्यस्तै कोषाध्यक्ष पदमा सुरेन्द्र ज्ञवालीको उम्मेदवारी परेको छ । वर्तमान सह कोषाध्यक्षको जिम्मेवारीमा रहेका उनले यसअघि दुई कार्यकाल कार्यसमिति सदस्यको भूमिका निभाएका थिए । ज्ञवाली २०६८ सालमा वस्तुगत समितिको सचिव र २०७० सालमा संयोजकको रुपमा काम गरिसकेका छन ।

यस्तै सचिवमा कमल ज्ञवाली र सह कोषाध्यक्षमा पे्रम बहादुर आलेको उम्मेदवारी परेको छ । खुल्ला सदस्यमा नेत्र बहादुर रुचाल , लाल बहादुर थापा, तुल बहादुर सारु,दिल बहादुर राना, मोहन भट्टराई, कृष्णप्रसाद पोखरेल, बल बहादुर गोदार र अशोक कुवँरको उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्यमा शारदा पहारी भट्टराई र मिना थापा तुलाधरले उम्मेदवारी दिएका छन ।

उद्योग संघको नयाँ नेतृत्वका लागि केही व्यक्तिले आफ्नो स्वार्थका लागि संस्था कब्जा गर्ने हेतुले अर्को प्यानल खडा गरेको स्वतन्त्र उद्योगी प्यानल समूहको जिकिर रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री