ताजा अपडेट »

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

शनिबार, २७ असोज २०८०, ०८ : २९
172 Shares
शनिबार, २७ असोज २०८०
172 Shares

साेलुखुम्बु । मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार लुक्लाबाट बिहान उडेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। प्राधिकरणका सूचना अधिकारी गनेन्द्र भुलले भने, ‘दुर्घटना नै त नभनौँ, माथि लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो।’ उनका अनुसार सो हेलिकप्टर बिरामीको उद्धार गर्न गएको थियो।

हेलिकप्टरमा पाइलट मात्रै थिए। दुर्घटनामा क्याप्टेन प्रकाश सेढाइँ सामान्य घाइते भएको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।