१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

भक्तपुर । सूर्यबिनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा खाजाघर संचालिका काभ्रे चौरी देउराली गाँउपालिका-५ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने बर्ष ३१ की पार्वती तामाङ, सिन्धुपाल्चोक चौतरा नगरपालिका-१० घर भई हाल सूर्यविनायक वस्ने बर्ष ३५ को माला तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं. ९ घर भई सूर्यविनायक वस्ने बर्ष २५ को राजु खड्का, काभ्रेपलान्चोक बेथानचोक गाँउपालिका वडा नं. २ घर भई सूर्यविनायक बस्ने बर्ष २८ को दिल तामाङ, दोलखा शैलुङ गाँउपालिका वडा नं. २ घर भई हाल सूर्यविनायक बस्ने बर्ष ३६ को सिटुक तामाङ र भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष ३३ को बिनोद लगेजू  रहेका छन् । 

गोप्य सूचनाको आधारमा तत्काल प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी टोली खटिई उनीहरुलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । खाजाघरमा छापा हान्दा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए । उनीहरुबाट नगद रू ३८ हजार, एक बुक तास र खाजाघर संचालिकासहित नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखिएको जनाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर