ताजा अपडेट »

पुराना पार्टीबाट गलत काम नगर्न सिकौं : रास्वपा उपनेता श्रेष्ठ

शनिबार, २० असोज २०८०, ०८ : ५२
132 Shares
शनिबार, २० असोज २०८०
132 Shares

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी, संसदिय दलका उपनेता बिराज भक्त श्रेष्ठले गर्न नहुने काम पुराना पार्टीहरुबाट सिक्नु पर्ने बताएका छन् । शुक्रबार सो पार्टीको गुल्मी जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सदरमुकम तम्घासमा सम्बोधन गर्दै काठमाडौ क्षेत्र नम्वर ८ का प्रतिनिधी सभा सदस्य भएका उपनेता श्रेष्ठले यस्तो बताएका हुन । ‘पुरानाबार्टीहरुबाट हामीले सिक्नु केहि छैन ।’–उपनेता श्रेष्ठले भने, ‘उनिहरुले जे जति जनविरोधी काम गरे त्यो चाँही हामीले गर्न हुन्न है भन्ने कुरा सिक्नु पर्छ ।’

सदरमुकाम तम्घासको जिल्ला पार्टी सभाहलमा भएको छलफल कार्यक्रममा उनले आफ्नो पार्टीमा जनउभार बढ्दै गएको र गुल्मीमा प्रभाव राम्रो रहेकोले थप मेहनत गरेर लाग्न स्थानीय नेताहरुलाई निर्देशन दिएका थिए । उनले हत्याराहरुलाई संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले पुरस्कृत गरेको भन्दै चर्को बिरोध गरे । ‘पुराना पार्टिहरु अर्काको सिन्दुर र काख खोस्ने र ज्यान मार्नेलाई पुरस्कृत गर्छन । हामी समाजमा योगदान पुराउनेलाई सम्मान गर्छौ ।’–उनले अघि भने, ‘भ्रष्ट र अपराधीलाई दण्डित गर्छौ, यहि हो हामी र पुराना पार्टिमा फरक ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।