१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

धादिङ । ट्रकको ठक्करबाट धादिङमा दुइ विद्यार्थीको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । 

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफान्तले यतिखेर पृथ्वी राजमार्ग अबरुद्ध गरिरहेका छन् । 

काठमाण्डौमा समान पुरयाएर मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ख  ६४१३ नम्बरको ट्रकले उनीहरुलाई आज बिहान ठक्कर दिएको प्रहरीले जनाएको छ । धादिङ प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका– ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १४ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन । उनीहरु बागेश्वरी मावि मलेखुमा कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घटनापछि आक्रोशित  मृतकका आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका हुन् । अबरूद्द सडक खुलाउने प्रयास भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री