१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

तिनाउ । पाल्पाको तिनाउमा सामुदायिक वन समन्वय समितिको २० ओैं वार्षिक साधारणासभा एवम् ११ ओै अधिवेशन शनिवार दाेभानमा सम्पन्न भएक छ । कार्यक्रमका बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ र बुटवल बीच नङ र मासुकाे सम्बन्ध रहेकाे बताउँदै वन, वातावरण र जैविक विविधता संरक्षणमा सामुदायिक वन समन्वय समिति तिनाउकाे भूमिका प्रशंसनीय भएकाे उल्लेख गरे । साथै उनले तिनाउ जलाधार संरक्षणका लागि सक्दाे सहयाेग गरि अघि बढ्न आफू कटिबद्ध रहेकाे बताए ।

Advertisement

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउमा रहेका वनलाई समृद्धिसँग जाेड्दै बुटवलतर्फ बगेर जाने पानी, ढुङ्गा, गिट्टी र बालुवाबाट तल्लाे तटीय क्षेत्रका स्थानीय सरकारहरुलाई तिनाउ लगायत माथिल्लाे क्षेत्रकाे वन, वातावरण र जैविक विविधता संरक्षणमा सहयाेग गर्न अपील गरे । संस्थाका अध्यक्ष पदमलाल शाक्यले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रस्तावित याेजना तथा कार्यक्रम एवम् अनुमानित बजेट बारे जानकारी गराए ।  

गत आर्थिक वर्षभित्र भएका कार्यक्रमहरुकाे प्रगति विवरण महासचिव गणेश रास्काेटीले र संस्थाका काेषाध्यक्ष रवीन्द्र पाैडेलले गत आर्थिक वर्षकाे आयव्यय विवरण पेश गरेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका तिनाउ सभापति प्रेम पाण्डेय, एमाले तिनाउका अध्यक्ष राेमबहादुर लम्तरी र नेकपा माओवादी केन्द्रका नेता राजेश श्रेष्ठ लगायतले सभा र अधिवेशन सफलताकाे कामना गरेका थिए ।

अधिवेशनले दलबहादुर गुरुङकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा प्रेम पाण्डेय, उपाध्यक्षमा शेरबहादुर थापा, महासचिवमा गणेश रास्काेटी, सचिवमा दिनेश जीसी, सहसचिवमा सावित्रा राना, काेषाध्यक्षमा बिनाेद बस्याल सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरुमा माया थापा, चित्रा खाम्चा, हरिकला कुमाल, नैनाक्षेत्री, भगवती अर्घाली, नारायणी पाण्डेय, विकास अर्याल, जगबहादुर क्षेत्री, बाेमबहादुर आले, भाेजबहादुर छहरी, पदमबहादुर कार्की र लालकुमार श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमकाे सञ्चालन सचिव दिनेश जीसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता