१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

वासिंगटन डिसी । अमेरिका सट डाउनले संकट बढाएको छ । संघीय सरकारका लागि एक महिनाको खर्च रकम (स्टपग्याप) जारी गर्न ल्याइएको विधेयक अमेरिकी संसदको तल्लो सदनबाट शुक्रबार अस्वीकृत भए पछि अमेरिकामा थप संकट बढेको हो ।

Advertisement

यो विधेयकमार्फत आइतबारदेखि आंशिक बन्दबाट बच्न सकिन्छ भन्ने सुनिश्चित गर्न लागिएको थियो । तर अमेरिकी संसदको रिपब्लिकन बहुल प्रतिनिधि सभाले राष्ट्रपति जो बाइडेनको प्रशासनको खर्च धान्न आंशिक रूपमा केही रकम उपलब्ध गराउने प्रस्तावलाई १९८ विरुद्व २३२ मतले अस्वीकृत गर्‍यो। विशेष कुरा के छ भने यो विधेयक रिपब्लिकन सांसदहरुले ल्याएका हुन् ।

यस प्रस्तावमा बाइडेन प्रशासनको खर्चमा ३० प्रतिशतले कटौती गर्ने र ३० दिनको मात्र खर्च धान्न कोष जारी गर्ने गरी संसदहरुलाई सहमतिका लागि थप समय दिने प्रस्ताव गरिएको थियो । संघीय सरकारको काम ठप्प हुँदा तल्लो सदनका सदस्यहरुले के कस्ता कदम चाल्ने हो भन्ने अझै स्पष्ट भएको छैन् ।

डेमोक्र्याटको बहुमत रहेको सिनेटले यस सम्बन्धमा छुट्टै विधेयक ल्याउने तयारी गरिरहेको छ । यद्यपि तल्लो सदनका सभामुख केभिन म्याकार्थीले भने कि सदनले विधेयकलाई अनुमोदन नगर्ने बताए। रिपब्लिकन समर्थित बिल अस्वीकृत भएपछि मिडियासँग कुरा गर्दै म्याकार्थीले भने, ‘यो अझै अन्त्य भएको छैन, तिनीहरूसँग अन्य समाधानहरू पनि छन्।’ यद्यपि उनले नयाँ उपायहरूको बारेमा जानकारी साझा गरेनन्।  म्याकार्थी पनि रिपब्लिकन पार्टीका हुन्।

यदि अमेरिकी सांसदहरू यस सम्बन्धमा छिट्टै सहमतिमा पुग्न सकेनन् र खर्चको लागि रकम भेटिएन भने राष्ट्रिय निकुञ्ज सेवा बन्द हुनेछ। धितोपत्र तथा विनिमय आयोगले आफ्ना अधिकांश नियामक गतिविधिहरू बन्द गर्नु पर्ने हुन्छ भने ४० लाख संघीय कर्मचारीहरूको तलब संकटको सामना गर्नु पर्नेछ।

समाचार अनुसार अमेरिकामा अक्टोबर १ देखि शटडाउन लागू भएसँगै अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । अमेरिकी संसदमा खर्चका लागि सरकारलाई रकम उपलब्ध गराउने विधेयक पारित नभएसम्म वा सरकारले थप ऋण लिन स्वीकृति नपाएसम्म यो बन्द जारी रहन सक्छ। यदि यसो भयो भने, यसले अमेरिकी अर्थतन्त्रका साथै विश्वभरका अर्थतन्त्रहरूमा प्रभाव पार्न सक्छ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर