१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

दाङ । भूमिहिन तथा सुकुम्वासीलाई लालपूर्जा वितरणका लागि गढवा गाउँपालिकामा जग्गा नापजाँचको काम सुरु भएको छ । गढवा गाउँपालिका–३ को खैरा गाँउबाट भूमिहिन, सुकुम्बासी, दलित तथा अब्यवस्थित बसोबासीहरूले जोतभोग गरिरहेको जग्गा नापजाँचको कार्य सुरु भएको हो ।

Advertisement

गढवा गाउँपालिकाको वडा नं। १ र २ मा जग्गा नाप जाँचको काम सकिएपछि विहीवारदेखि वडा नं ३ मा नापजाँचको काम सुरु भएको गढवा गाउँपालिका भूमि शाखा प्रमुख सञ्जित पौडेलले जानकारी दिए । जग्गा नापजाँचको काम सुरु भएपछि वर्षौदेखि लालपूर्जा बिहिन नागरिकलाई लालपूर्जा प्राप्त हुने आशा पलाएको छ ।

गढवा गाउँपालिकामा वडा नं १ मा १ हजार ५ सय ७ घरधुरीको नापजाँच गरिएको उनले जानकारी दिए । उनका अनुसार जसमा अव्यवस्थित १ हजार १ सय ५, भूमिहिन दलित ९५, भूमिहिन सुकुम्बासी ३ सय ७ गरी जम्मा २ हजार पाँच सय ५९ कित्ता नापजाँच गरिएको छ । जस्मा २ सय ७९ हेक्टर जग्गा रहेको छ ।

त्यसैगरी वडा नं २ मा १ हजार ८ घरधुरीको जग्गा नापजाँच भएको छ । जसमा १ सय ६५ हेक्टर जमिनको २ हजार ७ सय ९६ कित्ताको नापजाँच गरिएको छ । जसमा अव्यवस्थित बसोवासी ९ सय ३८ जना, भूमिहिन दलित १९ जना, भूमिहिन सुकुम्बासी ५१ जना गरी जम्मा २ हजार ७ सय ९६ जना रहनुभएको पौडलले जानकारी दिए ।

गढवा गाउँपालिकामा यस आर्थिक वर्षभित्र वडा १ देखि ८ सम्मका सवै वडामा जग्गाको नापजाँचको काम सक्ने गरि काम भइरहेको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

‘गढवा गाउँपालिकामा यसआर्थिक वर्षमा सबै वडामा जग्गाको नापजाँच गर्ने र अर्को वर्ष जग्गा वितरण गर्नेगरी जग्गाको नापजाँचको काम भइरहेको छ’, गाउँपालिका अध्यक्ष पोख्रेलले भने, ‘जसअनुसार अहिलेसम्म दुई वटा वडाहरुमा नापजाँचको काम सकिएको छ भने ३ नम्वर वडामा काम सुरु भएको छ ।’

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर