२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

रुपन्देही । रुपन्देहीका करिब ४ सय बिद्यार्थीहरुलाई शान्ति र सदभाव सम्बन्धि कलामा आधारित संबाद शिक्षा दिइएको छ । सामाजिक परिबर्तन केन्द्र ( सिएससी ) काठमाण्डौले बुटवल र शुद्धोधन गाउँपालिकामा रहेका १२ बिद्यालयमा अध्ययनरत ३ सय ६० बिद्यार्थीहरुलाई शान्ति र सदभावका लागि कलामा आधारित संबाद शिक्षा प्रदान गरेको हो । ति मध्ये २ सय १० बढि छात्राहरु रहेका छन् ।

Advertisement

बुटवलमा सिद्धेश्वर लालकुमारी माध्यमिक बिद्यालय , कान्ति माध्यमिक बिद्यालय , नबिन औद्योगिक कद्दरबहादुर रिता माध्यमिक बिद्यालय , प्रगती माध्यमिक बिद्यालय , नबरत्न माध्यमिक बिद्यालय र स्कलर्स होम माध्यमिक बिद्यालय तथा शुद्धोधनका बनगाई माध्यमिक बिद्यालय , फर्साटिकर माध्यमिक बिद्यालय , शंकर माध्यमिक बिद्यालय , गुरौलिया माध्यमिक बिद्यालय , भगलापुर माध्यमिक बिद्यालय र शिशै माध्यमिक बिद्यालयमा कलामा आधारित संबाद शिक्षा प्रदान गरिएको सामाजिक परिबर्तन केन्द्रका संबाद सहजकर्ता आशा कुँवरले जानकारी दिए ।

समाजमा बिश्वासको बाताबरण निर्माण गरि सामाजिक एकताका लागि युवाहरुको सकृयता बढाउदै जातीय , राजनितिक , धार्मीक तथा श्रोतमा आधारित द्धन्द्धलाई कमी गर्ने उदेश्यले १४ बर्षदेखि १८ बर्ष उमेर समूहका बिद्यार्थीहरुलाई लक्षित गरेर प्रशिक्षण दिइएको सामाजिक परिबर्तन केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रकास भट्टराईले जानकारी दिए। सामाजिक भेदभाव तथा गलत संस्कार र अभ्यासका बिषयमा ख्यातीप्राप्त कलाकारहरुले तयार गरेको चित्रहरुको प्रर्दशन , श्रव्यदृश्य सामग्री र बिषयगत संबाद मार्फत समाजमा शान्ती र सद्भावका लागि बिद्यार्थीतहबाट हुन सक्ने योगदानलाई महशुष गराउन कार्यक्रम गरिएको अध्यक्ष पवन रायले बताए ।

समाजमा हुने द्धन्द्ध र बेमेलका घटना तथा सामाजिक अन्धबिश्वासका कारण हुने बिभेदको अन्त्यका लागि कलामा आधारित बिद्यालयस्तरीय संबाद कार्यक्रम बिद्यार्थीहरुमा प्रभाबकारी देखिएको बनगाई माध्यमिक बिद्यालय शुद्धोधनका प्रधानाध्यापक गोकुलराज घिमिरेले बताए। चित्र मार्फत बिद्यार्थीहरुकै सम्लग्नता र बुझाई अनुसारको संबाद कार्यक्रम आफनो लागि नौलो र सिकाईका लागि सजिलो भएको प्रगति माध्यमिक बिद्यालय बुटवलको कक्षा १० मा पढ्ने लक्ष्मी दंगोरिया थारु र नबिन औद्योगिक कद्दरबहादुर रिता माध्यमिक बिद्यालय कक्षा ९ मा पढ्ने सम्झना र्कुवरले बताए।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै