ताजा अपडेट »

दाङमा वर्षमै ५९ वटा लागूऔषध सम्बन्धि मुद्दा दर्ता, ११९ जना पक्राउ

मंगलबार, ०९ असोज २०८०, २० : ५७
26 Shares
मंगलबार, ०९ असोज २०८०
26 Shares

दाङ । जिल्लामा गत आर्थिक वर्षमा ५९ वटा लागू औषध सम्बन्धी मुद्दा दर्ता हुँदा ११९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार २३८ ग्राम ५७३ मिली ग्राम ब्राउन सुगर, १० किलो २ सय ग्राम चरेस, १३ किलो ३७८ ग्राम गाँजा र ३९४ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७७/७८ मा ३९ वटा मुद्दा दर्ता हुँदा ७५ जना पक्राउ परेका थिए । जसमा ४६३ ग्राम ६२० मिली ग्राम लागू औषध ब्राउन सुगर, १५ किलो चरेस , २ किलो ७३२ ग्राम गाँजा, २१ किलो ७१७ ग्राम अफिम र ६४५ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८/७९ मा ५९ वटा मुद्दा दर्ता हुँदा ११६ जना पक्राउ परेका थिए । जसमा ३९१ ग्राम ४१८ मिली ग्राम ब्राउन सुगर , १७ किलो ५१ ग्राम चरेस, ७ किला ३८५ ग्राम गाँजा, ८ किलो ७६० ग्राम अफिम र १ हजार १६ वटा नाइट्राजेपाम ट्याब्लेट बरामद भएको प्रहरीले दिएको तथ्यांकमा रहेको छ ।

यस्तै चालु आर्थिक बितेको २ महिनामा ८ वटा मुद्दा दर्ता भएकोमा १७ जना पक्राउ परेका थिए, भने १ मुद्दा फर्छ्यौट हुँदा ३ जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी जनक बहादुर मल्लले बताए ।

उनका अनुसार बाँकी ७ वटा मुद्दाहरू अनुसन्धानको क्रममा रहेका छन् । लागू औषध अपराध अनुसन्धानको लागि मात्र नभइ शान्ति पूर्ण समाजको लागि जटिल समस्याको रुपमा देखा परिरहेको भन्दै उनले यो नियन्त्रण गर्नको लागि नेपाल प्रहरी लागि रहेको समेत उल्लेख गरे । नेपाल प्रहरीको २ वर्षे कार्य योजना पनि यो कुरा राखेको भन्दै उनले लुम्बिनी प्रदेश प्रहरी कार्यालय हुँदै जिल्ला प्रहरी कार्यालय दाङमा पनि यसको कार्य योजना रहेको बताए ।

उनले भने,‘ अहिले जुन रुपमा लागू औषधका घटनाहरू भएका छन्, त्यसलाई रोक्नको लागि समुदाय र प्रहरी मार्फत जागरुक बनाउने, सचेत बनाउने कामहरू भइरहेका छन् ।’ यस्तै मुद्दा चल्ने अवस्था रहेमा कानुनले दिएको अनुसार सजाय हुने समेत उनको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।