१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

भैरहवा । सुरक्षाकर्मी र भन्सार चोरी तस्करी नियन्त्रण गर्न आक्रमक बन्दा तस्करहरुले तस्करी गर्ने शैलीमै  परिवर्तन गर्ने गरेको पाइएको छ । अनेकन उपाय लगाउँदै तस्करहरुले तस्करी गरे पनि तस्करी न्यूनिकरणमा लागेको सुरक्षा निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारले ती उपायलाई पनि विफल बनाउदै आएका छन । वर्षौंदेखि सामान्य रुपमा गर्दै आएको तस्करहरुले अहिले सिमावर्ती क्षेत्रमा नियामक निकाय कडा रुपमा प्रस्तुत हुँदा तस्करी गर्ने तरिकामा नै बदलाब आउने गरेको छ । भन्सारमा एक बस्तुको प्रज्ञापन भरी अर्को बस्तुको भन्सार जाँच पास गराउन खोज्नु, कीर्ते कागजमा ट्रक नै पास गर्न खोज्नु जस्ता घटनाहरु बाहिरिए पनि तस्करहरुले अनेक उपाय अपनाइरहेका छन । पछिल्लो समय कति पयले तस्कर पेशा नै छाडेका छन् भने कति यस क्षेत्रबाट पलायन भइसकेका सुरक्षा निकायको रिर्पोट छ । 

Advertisement

गत शनिबार रुपन्देहीको सिद्धार्थनगर–८ बाट सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटरले रुपन्देहीको टिमले चामलको बोरामा चिनी बरामद गरेको छ । केही समय पहिला मलको बोरामा चिनी ओसारप्रसार भएको घटना बाहिरिए पनि शनिबारको घटनामा नेपाली चामलकै बोरामा अवैध रुपमा चिनी भित्रिएको पाइएको हो । चामलको बोराभित्र चिनी राखेर सिलबन्दी गरेर ल्याउने गरेको खुलेको छ । सावा मन्सुली, स्टीम राइस लगायतका ३ दर्जन बढि बोरामा चिनी प्याकिङ गरी लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी उपरीक्षक दिपक थापासहितको टिमले नियन्त्रणमा लिएको छ ।

नेपाली चामल उत्पादकको बोराहरुमा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा अवैध रुपमा भित्रिएको २२ क्वीन्टल चिनी सिद्धार्थनगर –८, मायादेवी बजार नजिकैबाट नियन्त्रणमा लिएको एसपी थापाले जानकारी दिए । २५ किलो र ५० किलोको विभिन्न चामलको बोरामा चिनी लैजाँदै गरेको विशेष सूचना हामीलाई आएको थियो, सोही सूचनाको आधारमा गएको टोलीले शनिबार दिउँसाे करिब ३ बजे नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको एसपी थापाले जानकारी दिए । 

केही महिनाअघि यसै प्रकृतिको घटना मर्चवार लगायतको क्षेत्रबाट मलको बोरामा चिनी फेला परेको थियो । दैनिक उपभोग्य बस्तु धान, चामल अन्न र मलहरु ल्याउँदा सीमामा खटिएको टोलीले मानवीयताको नाताले केही खुकुलो बनाएको छ । सोही मौकामा तस्करहरुले सो को फाइदा उठाउँदै अन्न र मलको बोरामा चिनी भरेर ल्याउने गरेको पाइएको एक प्रहरी अधिकृतले भने ।

एक बस्तुको बोराभित्र फरक बस्तु राखेर प्याकिङ गरेमा उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उक्त बोरामा लेबलिङ गर्नुपर्छ, तर बरामद चामलको बोरामा कुनै प्रकारको लेबलिङ भने फेला परेको छैन । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) अनुसार पसल सञ्चालकलाई जरिवाना गर्ने व्यवस्थासमेत रहेको छ । 

भारतले चिनी निर्यातमा रोक लगाएकाले पनि दैनिक उपभोग्य वस्तुको रूपमा अवैध चिनी रुपन्देही हुँदै भित्रिने र बाहिरी जिल्लामा जाने गरेको छ । सुरक्षाकर्मीको आँखा छलेर चामलको नाममा ती चिनी नेपाल भित्रिएको हुन सक्छ । हुन त तस्करी रोकिएको छैन भन्ने पुष्टि दैनिक बरामद अवैध चोरी पैठारीको सामानबाट पनि पुष्टि हुन्छ । तस्करी न्यून पार्ने अभियानमा लागेको सुरक्षा निकायकै केहीको संलग्नतामा विभिन्न नाकाबाट अझै पनि तस्करी भइरहेका छन् । विभिन्न चौकी र चेकपोस्ट पार गरि बजारमा आएर अवैध सामान बरामद हुनु भनेको सुरक्षाकर्मीकै मिलेमतो छ भन्ने स्पष्ट छ । 

सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीको जिम्मेवारी छ भने नेपाल प्रहरीको पनि ठूलो टिम पनि अवैध बस्तुको ओसारपसर नियन्त्रणमा लाग्ने गरेको छ । सुरक्षा घेरा हुँदाहुँदै पनि तस्करका सामान निर्वाध भित्रि रहनु सुरक्षा निकायमाथि नै प्रश्न चिह्न छ । सीमा क्षेत्र नजिक रहेका गल्लाभण्डारहरुले पनि धान, गहु र चामल अवैध रुपमा भित्र्याई बैध बनाउने गरेका पनि छन । पारिबाट ल्याएर नयाँ बोरामा राखेपछि स्थानीय उत्पादन हुन्छ भन्दै खुला रुपमा नै टयाक्टर पिकअपबाट शहरहरुमा भिसीटिएस लगायतका प्रक्रिया अपनाएर पठाउने गरेका छन । चौकीको अगाडिबाट नै तस्करीका सामानहरु निर्धक्क साथ जाने गरेको छ । कैफियत नभेटिएपछि सुरक्षानिकायले पनि रोक्न मिल्दैन एक प्रहरी अधिकृतले भने । भित्रिएको वा ओसार पसार भइरहेको बस्तु रोक्नका लागि हामीलाई पनि केही कमि भएको प्रमाण चाहिन्छ, चोरी पैठारी नगर्ने व्यवसायीहरु पनि हुन्छन ती व्यवसायीहरु पनि अनाहकमा पर्न भएन यावत चुनौतीहरु हामी माझ रहेको प्रहरी अधिकृतले भने ।

सीमित जनशक्ति र स्रोतसाधनको प्रयोग गर्दै रुपन्देही जिल्लाअन्तर्गत ७० किलोमिटर अन्तराष्ट्रिय सीमानाको रक्षा, सीमा स्तम्भहरुको सुरक्षा, सीमावर्ती क्षेत्रका बासिन्दाहरुको शान्ति सुरक्षा तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलनमा भन्सार कार्यालयलाई सपोर्ट गर्न सशस्त्र परिचालित छ । शसस्त्र प्रहरीका आईजिपी राजु अर्यालले सीमा सुरक्षालाई थप मजबुद तथा चोरी तस्करी नियन्त्रण एवं राजश्व संकलन कार्यलाई थप प्रभावकारी बनाउन दक्षिणी सीमामा रहेका दुई सय एकाउन्न मध्ये पैतालिस वटा वोर्डर आउट पोष्ट (विओपी)लाई स्तर उन्नति गरि डिएसपीको कमाण्डमा प्रस्तावित सीमा सुरक्षा गुल्म पनि बनेको छ । सशस्त्र प्रहरीले गर्ने काममा बाधा पुर्याएकोमा पच्चिस जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । खासै व्यक्तिहरुलाई नियन्त्रणमा नलिएको सुरक्षानिकायले यो पटक भने सक्रियताका साथ संलग्नलाई पनि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएकोले पनि तस्करहरु केही हच्किएका छन् । तस्करीमा संलग्न व्यक्तिहरु ठूलो मात्रामा कानुनी कारबाहीको दायरामा आएको, कयौँले पेशा नै छाडेको र कयौ व्यक्तिहरु पलायनसमेत भएका छन् । 

भैरहवा भन्सार कार्यालयले भने साना व्यवसायीहरु भन्सार पक्रियामा जान झनझटिलो मान्ने गरेको कारण संगठित रुपमा तस्करी हुँदै आएको जनाएको छ । झन्झटिलो आयात प्रक्रियाले वैध रुपमा नियमित आइरहने सामानहरुमा पनि तस्करीको माध्यमबाट आउँदै गर्दा तस्करहरुले प्रसय पाइरहेको भन्सार स्रोतको दाबी छ । भैरहवा भन्सार कार्यालय हुँदै नियमित रुपमा आइरहने सामानहरु पनि वैकल्पिक बाटोहुदै तस्करीको माध्यमबाट नेपाल आउने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य