ताजा अपडेट »

तीज गीत कि रत्यौली ?

सोमबार, ०१ असोज २०८०, १५ : ३९
122 Shares
सोमबार, ०१ असोज २०८०
122 Shares

विगतमा उत्ताउलो मानिने विवाहको रत्यौली अर्थात गाउँघरे भाषामा जिउँति गीत र नाँच बरु अहिले सभ्य बन्दै जान लागिसकेको बेला धार्मिक आस्थासँग जोडिएको तीज गीत र नाँच भने त्यो जिउँती भन्दा अझ बढी उत्तौलो, उश्रृङ्खल बन्दै गएको छ ।

तीज पारिवारिक जम्घटको महत्वपूर्ण अवसर पनि हो तर त्यही अवसरको तीज गीत नाच सपरिवार बसेर हेर्न सकिँदैन भने यो भन्दा दुर्भाग्य के हुन सक्छ ? कुनै स्थान र ब्यक्ती विशेषको नाम नलिउँ सबैले सामाजिक सञ्जालमा देखेकै कुरा हो, सपरिवार बसेर हेर्न नमिल्ने तीजको गीतको त्यो दृश्यलाई तीज भन्दै नभनौं केही वर्ष अघिसम्मको रत्यौली नै हो ।

सायद अश्लिलताको त्यो हद नै नाघ्ने गरी नाँच्ने ती महिलाहरुको आफन्तजन नभएरै होला तर आफन्त हुनेका लागि निर्लज्जाको विषय हो भन्छ्न बुढापाकाहरु । नाम नबताउने सर्तमा एक बृद्ध भन्छ्न ‘ए बाबै, लाज पनि लजाउँछ सभ्य मानिसका लागि यदि तिम्रा आफन्त छैनन् भने पनि तिमिलाई जम्माभेटमा देख्नेहरुको मुखले नभने पनि उनको मनले पक्कै भन्छ होला, ए बन्द गर तीज गित नाचका नाममा त्यस्तो कात्तिके कुकुरको हाउभाउ ।’

तीज गीत खास त नारी वेदनामा आधारित हो । प्रेमभाव ब्यक्त गर्ने फागु पुर्णिमा होईन र अश्लिल फागु खेल्ने पर्व पनि होईन । न गीतमा मौलिक तीजको लय छ न नाचमा सभ्यता छ । यता च्यवास्स उता च्वास भनेका छन । नाच्दा एउटा केटा साथी हुनै पर्ने । ए बाबा रत्यौलीमा त केटा साथीको भूमिका महिलाहरुले नै निभाउँदै आएका छन भने तीज नाचमा किन चाहियो केटा साथी ? त्यही केटा साथीसंग नाच्दा होसमा जोस गुमाउने एक महिलाको भिडियो केहि वर्ष अघि खिचियो र युट्युभमा राखियोा । पछि विदेशमा रहेका उनका बुढाले हेरेर सम्वन्ध विच्छेद सम्मको धम्की दिए । अन्ततः ति महिलालले उक्त भिडियो हटाउन आग्रह गरिन । ए बाबा, मैले त हटाए हुँला तर म जस्ता सयौले खिचेर पोष्ट गरेका हुन्छन र थिए । त्यो परिवारमा लामै तनाव परेको सुनियो, त्यस पछिको कुरा थाह भएन। चाहिने भन्दा बढी गरेपछि घर बिग्रिन पनि सक्छ र नाच्ने बेला केटा मान्छे भन्दामहिला थप आक्रमक हुँदा दाम्पत्य जीवनमा पछुताउनु शिबाय अरु विकल्प निक्लन पनि ननिस्कने बुद्धिजिविहरुको बुझाई छ ।

यस्तो छाडातन्त्रले प्रशय पाईरहँदा मौलिक तीज गीत संस्कृतीमाथि धावा बोलिदै छ । यो किनै चिन्ताको विषय हो । यसबारे हामीले गुल्मीका पुराना गायक मध्येका एक रामचन्द्र चन्दसंगको प्रतिकृया माग्दा उनले मौलिक तीज संस्कृतिमा रत्यौली नै भित्रिन थालेको बताए । यस्तो छाडा सस्कृती भित्राउनमा युट्युवकर्मीको बढी हात रहेको उनको आरोप छ । गायन वा नृत्य कलाको विधागत ज्ञान नै नभएका भर्खर स्कुल पढ्दै गरेका ससना भाई–बहिनीहरुलाई समेत पढाईमा असर पर्ने गरि भाईरल बनाउन थालिन्छ । जसले गर्दा जसरी पनि कलाकार बन्न सकिन्छ भन्ने मानसिकताको विकास भएको छ चन्दले भने । उनी यो प्रवृत्ति हटाउन सबै पक्ष त्यसमा पनि सरकारले कदम चाल्ने बेला आएको बताए । सामाजिक संजालमा निलो चलचित्रमा देखिने जस्तै यौनिक कलाको दृश्य संभ्रान्त र शिक्षित जस्ता देखिने महिलाहरुले राखेको देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।