ताजा अपडेट »

नेकपा एसका नेता राजु गुरुङले छोडे पार्टी, भन्छन्- तत्काल कुनै पार्टीमा जाने सोँच छैन

विहीबार, २८ भदौ २०८०, २० : २६
10 Shares
विहीबार, २८ भदौ २०८०
10 Shares

बुटवल। नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्-'आजबाट स्वतन्त्र बामपन्थी आहा क्या टाउको हलुङ्गो ।'

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए । उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत  बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको उनले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।