२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ। जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ ।

Advertisement

भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको अस्पतालका प्रमुख डा।ज्ञानेन्द्र झाले जानकारी दिए। उनका अनुसार पछिल्लो केहीदिनयता बिरामीको सङ्ख्या दैनिक वृद्धि हुँदै गइरहेको छ ।

अस्पतालका फिजिसिएन डा राहुल रैनियारका अनुसार अहिले नयाँ भाइरसका रुपमा देखिएको स्क्रब टाइफसको उपचारका लागि दैनिक पाँचदेखि दश जनासम्म बिरामी अस्पताल आउने गरेका छन्। सुरुमा यस रोगको लक्षण अनियमित ज्वरो आउने, शरीर तथा छालामा राता डाम्रा देखा पर्नेलगायत रहेका उनले बताए ।

हाल यसको सङ्क्रमण जिल्लाको त्रियुगा र बेलका नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाका केही भागमा देखा पर्न थालेको जिल्ला अस्पताल उदयपुरका चिकित्सकले बताएका छन् ।

साउनको पहिलो सातादेखि डेङ्गु देखा परेको थियो भने साउनको दोस्रो सातादेखि जिल्लामा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको अस्पतालका प्रमुख झाले जानकारी दिए। “स्क्रब टाइफस ब्याक्टेरिया माइड नामको जीवाणु वा एक प्रकारको जुम्राबाट सर्ने रोग हो”, उनले भने ।

उदयपुरमा हाल डेङ्गु, मौसमी र भाइरल ज्वरोका साथै आँखा पाक्ने सङ्क्रमण न्यून हुँदै गइरहेको बेला स्क्रब टाइफसको सङ्क्रमण देखा परेको चिकित्सकको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै