ताजा अपडेट »

ग्रेटवाल भत्काउने दुईजना समातिए

मंगलबार, १९ भदौ २०८०, १६ : ५०
65 Shares
मंगलबार, १९ भदौ २०८०
65 Shares

बेइजिङ । चीनको विशाल पर्खाल अर्थात् ग्रेटवाल भत्काएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । उत्तरी शान्क्सी प्रान्तमा उत्खनन यन्त्र प्रयोग गरी ग्रेटवालको एक भागमा क्षति पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको केबल न्युज नेटवर्क (सीएनएन)ले जनाएको छ ।

याङकियानहे टाउनशिपमा पर्खालमा ठूलो खाडल खनिएको अगस्ट २४ मा जानकारी प्राप्त भएको युयु काउन्टीका अधिकारीले बताएका राज्य सञ्चालित प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजन (सीसीटीभी)लाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

सुरक्षा अधिकारीले अनुसन्धान जारी राखेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।