ताजा अपडेट »

देव सहनीको तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक

सोमबार, १८ भदौ २०८०, ११ : ५२
34 Shares

काठमाडौं । गायक तथा संगीतकार देवबहादुर सहनीले तीज गीत ‘सुको छैन गोजीमा’ सार्वजनिक गरेका छन् । उक्त गीतमा देवबहादुर सहनीलाई स्वरमा साथ दिएका छन् बालगायक सुप्रिम मल्ल ठकुरीले । 

सुको छैन गोजीमा शब्द सृजना र संगीत पनि देवबहादुरकै छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरेर उनले सो गीत बजारमा ल्याएका हुन् । 

उक्त गीतको भिडियोलाई दीपक अधिकारीले निर्देशन गरेका छन् भने राज पोख्रेलले छायांकन गरेका छन् । 

उक्त गीतको भिडियोमा देवबहादुर सहनी, हिमान्सी अधिकारी र हिमान्सु अधिकारीको अभिनय रहेको छ । 

https://youtu.be/K1m7Q4LKr3A?si=_7DhsnpdSSYD16H7
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।