ताजा अपडेट »

गुल्मी दुम्सिकोट रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम

आइतबार, १७ भदौ २०८०, १४ : १९
10 Shares

बुटवल । गुल्मि दुम्सिकोट रुपन्देही सम्पर्क समाजको तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको छ । गुल्मी दुम्सिकोटबाट रुपन्देहीको विभिन्न स्थानमा आई स्थायी तथा अस्थायी रुपमा बसोबास गर्दे आईरहेका चेलीबेटीहरुका लागी हरितालिका (तिज) को अवसरमा तिज मिलन तथा दर खाने कार्यक्रमको आयोजना गरिएको हो ।

गुल्मी दुम्सिकोटबाट रुपन्देहीको विभिन्न स्थानमा आई बसोबास गर्दे आईरहेका दिदी बहिनीहरु बीच भेटघाट हुने र एक आपसमा आत्मियता बढाउने उद्धेश्यले तिज मिलन कार्यक्रम आयोजना गरिएको हो । तिज मिलन कार्यक्रममा समाजका २०० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा समाजका सल्लाहकारहरु राम प्रसाद पौडेल, चन्द्र बहादुर महत र बासु राम पौडेलले हरितालिका तिजको अवसरमा शुभकामना ब्यक्त गर्दे अबका दिनमा एक आपसमा परेका समस्याहरुको समाधान र आपसी सहयोग गर्दे जाने भनाई राखे ।

गुल्मि दुम्सिकोट रुपन्देही सम्पर्क समाजका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समाजका सचिव रविन पौडेलले सहजिकरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।