१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। पोखरेलसहितको टोली शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

Advertisement

चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना छन्। भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला सङ्घका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन्।

टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ। भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने एमाले प्रचार विभागका सचिव विष्टले जानकारी दिए।

उनका अनुसार भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर