२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल  । सामाजिक सञ्जालबाट ‘भाइरल’ बनेकी बागलुङकी १८ वर्षीया प्रतिभा सिम्रन परियारले एकपछि अर्को गीत गाउने मौका पाइरहेकी छन् । केहीअघि उनी एक साता काठमाडाैं बसेर दर्जनभन्दा बढी गीतमा स्वर दिएर गाउँ फर्केकी थिइन् । अहिले गाउँमै छायाँकन गरिएकाे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ, जसमा उनले आफ्नै आमासँग अभिनय गरेकी छन् । 

Advertisement

आज सिम्रनकै स्वरमा रहेकाे गायक तथा संगीतकार श्रीधर अधिकारीको नयाँ गीत ‘संसारकी प्यारी आमा’ बोलको गीत सार्वजनिक भएको छ । श्रीधरको आफ्नै युट्युब  च्यानलमार्फत रिलिज गरिएको गीतले राम्रो भ्युज पाइरहेको छ । म्युजिक भिडियो हेरेका दर्शकले पनि उत्साहित प्रतिक्रिया दिएका छन् । युट्युबमा म्युजिक भिडियो हेरिसकेपछि डा. विष्णुमूर्ति भट्टराई लेख्छन्, ‘निकै मीठो, मर्मस्पर्शी गीत । आमाको मायाको बयान जति गरे पनि सकिँदैन ।’

आमाको ममताबारे बयान गरेको गीतको रचनाकार एवं संगीतकार श्रीधर नै हुन् । म्युजिक भिडियोको निर्देशन पनि श्रीधरले नै गरेका हुन् । बागलुङस्थित सिम्रनकै गाउँमा छायाँकन गरिएको म्युजिक भिडियोमा सिम्रनसँगै उनकी आमा मनिसा परियारको अभिनय छ ।

नवगायिका सिम्रन बागलुङ नगरपालिका वडा ६, लङगाउँस्थित तीनतलेकी हुन् । उनी विद्यामन्दिर मावि कक्षा १२ मा अध्ययनरत छिन्। सिम्रनका बुबा सोम परियार वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

यसअघि ‘मुटुमा घाउ छ’ बोलको श्रीधरको गीत सिम्रनले नै गाएकी थिइन् । संगीतकार अर्जुन सापकोटाले लेखेको चर्चित गीत ‘पानी परेकाे’ मा पनि सिम्रनकै स्वर छ । 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न