१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौँ ।अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सीलाई पछिपार्दै म्यानचेस्टर सिटी तथा नर्वेका एर्लीङ हालान्डले यूईएफए पुरुष वर्ष खेलाडी २०२३ उपाधि जितेका छन्। मोनाकोमा भएको एक समारोहकाबीच उनले यस उपाधि हात पारेका हुन्।

Advertisement

अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सी र आफ्नै टिमका केभिन डी ब्रुइनलाई पछि पार्दै उपाधि जितेका हुन् । गत सिजन मात्र म्यानचेस्टर सिटी गएका हालान्डले पहिलो सिजनमै प्रिमियर लिग, एफ.ए. कप र च्याम्पियन्स लिग सहित प्रतिष्ठित ट्रेवल जितेका थिए।

हालान्डले गत सिजन क्लब र देशका लागि ६२ खेलमा ६० गोल गरेका थिए । उनले पहिलो प्रिमियर लिग सिजनमै मोहम्मद सालाह एक सिजनको गोल रेकर्ड तोड्दै ३६ गोल गरेका थिए । उनले च्याम्पियन्स लिगमा ११ खेलमा १२ गोल गरेका थिए ।

यस्तै महिलातर्फ बार्सिलोना र स्पेनकी आईटाना बोनमाटीले वर्ष उत्कृष्ट खेलाडी अवार्ड जितेकी छिन् । उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस शीर्ष डभिजनको उपाधि, सुपरकोपा र च्याम्पियन लिग जितेकी थिइन् ।

उनले केही दिन अघिमात्र सम्पन्न महिला विश्वकपको उपाधि समेत जितेको हुन् । उनी विश्वकपमा उत्कृष्ट खेलाडी समेत चुनिएकी थिइन् ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले उत्कृष्ट पुरुष वर्ष प्रशिक्षकको अवार्ड जिते । उत्कृष्ट महिला प्रशिक्षक इंग्ल्यान्डकी सरिना विगमन बनिन्। उनकै प्रशिक्षणमा इंगल्यान्ड महिला विश्वकपको फाइनल पुगेको थियो । फाइनलमा भने स्पेनसँग पराजित हुन पुगेको थियो ।

सन् २०२२ मा हालाण्ड ५१ मिलियन पाउण्डमा बोरुसिया डर्टमण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्धित भएका थिए । हालाण्ड वर्ष युवा खेलाडीमा समेत मनोनित भएका थिए ।

सो विधाको अवार्ड गत सिजन १४ गोल गरेर ११ गोलको अवसर सिर्जना गरेका आर्सनलका साकाले प्राप्त गरे ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने