ताजा अपडेट »

आजको मौसम

बुधबार, १३ भदौ २०८०, १० : १७
32 Shares
बुधबार, १३ भदौ २०८०
32 Shares

काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशसहित वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।