ताजा अपडेट »

गौर हत्याकाण्ड प्रभु साहको उक्सावटमा भएको होः प्रदीप यादव

मंगलबार, १२ भदौ २०८०, १७ : १९
158 Shares
मंगलबार, १२ भदौ २०८०
158 Shares

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहलाई सिसाको घरमा बसेर अरुमाथि ढुंगा नहान्न चेतावनी दिए ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गदै उनले प्रभु साहले आफू सिसाको घरमा बसेर अरुमाथि ढुंगा हानेको भन्दै त्यसो नगर्न चेतावनी दिए। उनले गौर हत्याकाण्ड प्रभु साहकै उक्सावटमा भएको पनि बताए । त्यस्तै वीरगञ्जको कासि तिवारीको हत्या मुद्दापनि प्रभु साहमाथि रहेको भन्दै उनले सो मुद्दाको पनि प्रक्रिया अगाडी बढ्नुपर्ने बताए।

उनले गौर हत्याकाण्डको छानबिन गर्न बनेको तत्कालिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । प्रतिवेदनले आफ्ना नेताहरुलाई दोषि देखाएको भएपनि स्वीकार्न तयार रहेको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।