ताजा अपडेट »

वल्ला घरको नरे पल्लो घरमा सरे !

मंगलबार, १२ भदौ २०८०, १७ : ३३
72 Shares

पहाडमा मकै नङ्गयाउँदा शास्त्र भनेर गाँउ खाने कथा सोधिन्थ्यो वल्लो घरको नरे पल्लो घरमा सरे ! के हो ? यसको उत्तर हुन्थ्यो, ढोकाको आग्लो । देश आर्थिक संकटमा छ, जताततै निराशा छ, बजारमा बिक्रि छैन्, उत्पादित बस्तुहरु बिक्रि भएका छैनन्, किन्नको लागि जनतासँग पैसा छैन्, गएको वर्ष महिलाहरुले जसरी महिना भरी तीजको कार्यक्रम गरेका थिए, यो वर्ष त्यसरी
गर्न सकेनन्, गाँउहरु रित्तिएका छन्, युवायुवतीहरु विदेश जान लर्को लागेको छ, सरकारले यो आर्थिक वर्षको पहिलो महिनाको खर्च चलाउन नसकेर राष्ट्र बैङ्कसँग ऋण खोजेको छ । सबैतिर निराशा, आक्रोश र असन्तुष्टि व्याप्त छ ।

तर पार्टी र तिनको नेतृत्वलाई भने यो कुराको चिन्ता भएको कुनै आभास देखिदैन्, राजनीतिक दलहरु मिशन २०८४ को नारा बोकेर युद्धस्तरमा लागेका देखिन्छन्। उनीहरु सबैले चौरासीको निर्वाचनमा उनीहरु मध्ये एकलाई विजयी बनाउने हो भने उनीहरुले नयाँ नेपाल बनाउने छन्, भष्ट्राचार मुक्त नेपाल बनाउनेछन्, सदाचार र सुशासन कायम गर्नेछन्, नयाँ नेपाल बनाउन अरुबाट सम्भव छैन् हामीले मात्र बनाउने छौं।

उहाँहरुले भनेको के यो कुरा साँचो हो । प्रश्न गरौं, विगत अठार वर्षदेखि तपाइहरुनेै हैन र सत्तामा आलोपालो र अदला बदलीका साथ नेतृत्व गरेको ? सदाचार र सुशासन बिगारेको, अराजकता र भष्ट्राचार गर्ने के तपाईहरुनै हैनर ? के तपाइहरुले अवसर नपाएको हुनाले नयाँ नेपाल नबनेको होर? यो देश फोहोर बनाउनेमा मुख्य भूमिका तपाईंहरुको छैन र ? यदि मानौं कि तपाईहरु वदलीएर आउनु भयो, दुधले नुहाएर आउनुभयो, जीवनको उत्तरार्धमा यहाँहरूको चेत खुल्यो र केहि

गरौँ भने पनि तपाईहरु यो शासकीय स्वरूपमा केहि गर्न सक्नु हुने छैँन् अहिलेको जुन अवस्था छ यहाँबाट मापन गर्दा २०८४ मा कसैको पनि बहुमत आउने छैन्, माथिको गाउँखाने कथा जस्तै १०/१५ सिट थप घट, तलमाथि हुनेछन् केहि पुराना पार्टीघटने छन्, केहि नयाँ पार्टीका मत बढ्ने छन्, ’कांग्रेसको घट्ढा एमालेको बढ्ला, एमालेको घट्दा काग्रेसको बढ्ला, अथवायहाँबाट निस्क्यो भने दुइचार सिट माओवादिको बढ्ला, केहि सिटहरु नँया दलको बढ्ला, कसैको पनि एकल सरकार बन्ने छैन्, दलहरूले जे जती अभियान चलाएपनि, मार्चपास गरे पनी दुईचार सिट थपघट गरे पनि आधारभूत परिवर्तन हुने छैन् ।

कांग्रेस बाहिर बस्यो भने एमाले भित्र पस्यो, अथवा काग्रेस भित्र पस्यो भने एमाले बाहिर बस्यो, दुवैलाई चक्मा दिएर माओवादी भित्र पस्यो भने एउटा सत्तामा सहभागी बन्नेछ र अर्को बाहिर बस्नेछ । ढोकाको आग्लो जस्तै कहिले दोकाको ओल्लो कप्टेरोमा कहिले पल्लो कप्टेरोमा जस्तै क्रमचलीरहने छ ।

सुशासन र समृद्धिका नाराहरु पनि घन्की रहनेछन् भष्ट्राचारका खेलहरु पनि चलि रहने छन्, हामी भने हाम्रा नेता महान, हाम्रो पार्टी महान, बिगारेको हाम्रा नेताले हैन उता पट्टीकाले हो, भष्ट्राचार गरेको हाम्रा नेताले हैन पल्लापट्टिकाले हो, हाम्रा नेता महान छन् गद्दार त उनीहरु मात्र हुन्, हाम्रा नारा सक्कली छन् नक्कली उनीहरुको हो, यहि मानसिकताका साथ दिनरात एक गरेर दगुरी राखेका छौं, देशमा थुप्रिएको फोहोरको डुङ्गुरमा बसेका छौं, सुन्दर सहरको भाषण गरेका छौं, वर्षाैदेखि यहि क्रम चलिरहेको छ, अब त अति भयो हजुर । विकल्प खोज्ने हैन र ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।