ताजा अपडेट »

निष्ठाको राजनीतिबाट कहीँ कतै चुकेको छैनः कानूनमन्त्री गुरुङ

मंगलबार, १२ भदौ २०८०, १६ : २९
112 Shares
मंगलबार, १२ भदौ २०८०
112 Shares

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाको राजनीतिबाट कहीँ कतै नचुकेको दाबी गरेका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’ माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो दावी गरेको हो । सांसदहरुले सो विधेयक ल्याउने क्रममा बिचौलियाहरु हाबी भएको टिप्पणी गरेकोमा आपत्ति जनाउँदै आफूमाथि त्यस्ता खालको आरोप नलगाउन पनि सांसदहरुलाई आग्रह गरे । मन्त्री गुरुङले मन्त्री सधैँ नहुने कुरामा आफू स्पष्ट रहेको उल्लेख गर्दै पदमा बहाल रहँदा आफूले निष्ठाको राजनीति नछोड्ने बताए। जुन दिन निष्ठामाथि आँच आउँछ, त्यो पनि आफूले राजनीति नगर्ने उनको भनाई थियो ।

मन्त्री गुरुङले आफू जिन्दगीभर विचौलिया बिरुद्ध लडेर आएको जिकिर गर्दै आफ्नो पृष्ठभूमि नियालेर हेर्न पनि सांसदहरुलाई अनुरोध गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।