ताजा अपडेट »

वनभोज गएका दुई युवा त्रिशुली नदीमा वेपत्ता

शनिबार, ०९ भदौ २०८०, १८ : ५०
16 Shares

चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ गाईघाट नजिकै वनभोज (पिकनिक) गएका २ जना त्रिशूली नदीमा शनिबार बेपत्ता भएका छन् । वेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोक बस्ने ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षीय प्रवीण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ४ बजेतिर नदीमा वेपता भएका दुबै जनाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टिम परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।