१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली छिट्टै निर्माण गरी सहजै नागरिकता प्रदान गर्न सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् । 

Advertisement

सिंहदरबारस्थित गृहमन्त्रालयमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा उनले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावलीमा समावेश गरिने प्रावधान गैरआवासीय नेपालीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, “गैरआवासीय नेपाली नागरिकता लिन कुनै झन्झट नहोस् भन्नेमा सरकार सजग र प्रतिबद्ध छ ।” उपप्रधानमन्त्री श्रेष्ठले नियमावलीमा विदेशमा रहेका नेपालीलाई अप्ठ्यारो पर्ने प्रावधान नराख्ने तर केही प्राविधिक समस्या देखापरे सहजीकरण गर्न सरकार तयार रहेको बताए । भेटमा सङ्घका कार्यकारी अध्यक्ष केसीले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी नियमावली यथाशक्य छिटो निर्माण गरी नागरिकता प्राप्तिका लागि मार्गप्रशस्त गरिदिन हुन अनुरोध गरे ।

नियमावलीमा राखिने प्रावधान अप्ठ्यारा भए नागरिकता लिँदा झन्झटिलो हुने भएकाले निर्माण चरणदेखि नै सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । अध्यक्ष केसीले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता दिइने व्यवस्था मिलाउन र नागरिकताको ढाँचा अन्य नेपालीले पाउने नागरिकताजस्तै बनाई प्रमाणपत्रको किसिममा ‘गैरआवासीय’ लेख्दा उपयुक्त हुने सुझाव दिए ।

सङ्घले अनलाइन तथा नेपाली दूतावास वा महावाणिज्य दूतावासबाटै नागरिकता प्राप्तिका लागि  निवेदन दिन मिल्ने व्यवस्था गर्नुपर्नेलगायत सुझाव गृह मन्त्रीसमक्ष प्रस्तुत गरेको थियो । सरकारले विदेशमा बस्ने नेपालीका लागि गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्थाअनुरुप ऐन जारी गरे पनि त्यसको कार्यान्वयनका लागि आवश्यक नियमावली निर्माणकै चरणमा रहेकोले त्यसमा सङ्घले आफ्ना सुझाव पेश गरेको हो ।

भेटमा कार्यकारी अध्यक्ष केसीसहित उपाध्यक्ष डिबी क्षेत्री, आइसिसी युवा संयोजक अब्दुल बासिद, युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, एनसिसी थाइल्याण्डका भविन्द्र बस्नेत, पूर्वसल्लाकार टिबी कार्की, एनसिसी थाइल्याण्डका पूर्वयुवा संयोजक दिपेश श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउतलगायतको उपस्थिति थियो । रासस 

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने