१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । फ्रेन्च सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका निम्ति २० करोड युरो अर्थात्‌ २८ अर्ब ६० करोड नेपाली रुपैयाँ छुट्ट्याउन लागेको जनाएको छ। मागमा आएको कमी र क्राफ्ट बीअर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ।

Advertisement

खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ। बीस करोड युरोको अधिकांश हिस्सा अतिरिक्त भण्डारणका लागि खर्च गरिनेछ अनि ह्यान्ड स्यानिटाइजर, सरसफाइसम्बन्धी उत्पादन र अत्तरमा उपयोगका लागि अल्कोहल विक्री गरिनेछ।

मदिराको अत्यधिक उत्पादनमा कटौती गर्ने प्रयासमा जैतुन जस्ता बस्तुको उत्पादन गर्न मदिरा उत्पादकहरूलाई रकम उपलब्ध गराइनेछ। “उद्योगमा लगानी गरेर फ्रेन्च सरकारको लक्ष्य मूल्य गिरावटलाई रोक्नु रहेको छ ताकि मदिरा उत्पादकहरूले फेरि आम्दानीका स्रोत भेटाउन सकून्,” कृषिमन्त्री मार्क फेनोले भने।

आर्थिक सहायत हुँदाहुँदै मदिरा उद्योगले अब “भविष्यबारे विचार गर्नुपर्ने, उपभोक्ताले उपभोग गर्ने शैलीमा ल्याएका परिवर्तनबारे सोच्नुपर्ने र सोही अनुसार अनुकूलन गर्नुपर्ने आवश्यकता छ,” उनले थपे। मदिरा उद्योगलाई सहायताका लागि युरोपेली सङ्घ ईयूले तोकेको प्रारम्भिक १६ करोड युरो बराबरको कोषलाई बढाएर फ्रेन्च सरकारले २० करोड युरो पुर्‍याएको छ।

युरोपेली आयोगको जून महिनासम्मको तथ्याङ्क अनुसार इटलीमा मदिरा सेवनमा ७ प्रतिशतले, स्पेनमा १० प्रतिशतले, फ्रान्समा १५ प्रतिशतले, जर्मनीमा २२ प्रतिशतले र पोर्चुगलमा ३४ प्रतिशतले कमी आएको छ। तर विश्वमै सबैभन्दा धेरै मदिरा उत्पादन हुने सो क्षेत्रमा त्यसको उत्पादनमा ४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। –बीबीसी नेपाली

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध