१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलनको तयारी पूरा भएको छ । तिलोत्तमा जेसीजको आतिथ्यतामा यहि भदौको ८ र ९ गते मणिग्राम स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने सम्मेलनमा देशभरबाट करिब १ हजार जना विभिन्न प्रतिनिधिहरुको सहभागिता रहने सम्मेलनका उपनिर्देशक तथा तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराईले जानकारी दिए ।

Advertisement

दुई दिनसम्म चल्ने सम्मेलनमा क्षेत्र घ अन्तरगत गैडाकोटदेखि पश्चिम महेन्द्रनगरसम्मका ५८ शाखाबाट करिव ५ सय प्रतिनीधि तथा पर्यवेच्छेक, नेपाल जेसीज र अन्य शाखा तथा अतिथि समेतको सहभागिता रहने भएको हो । सम्मेलनमा तीन जना युवा नेताहरु स्पिकरको रुपमा तय गरिएको छ । जसमा नेपाली काँग्रेसका प्रदिप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिश झा र एमालेका ठाकुर गैरे उपस्थित हुने भएका छन् । उनका अनुसार सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुने र प्यानल फलफल हुने तिलोत्तमा जेसीजका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए । नेपालमै उत्कृष्ट नगरपालिकाको रुपमा पहिचान स्थापित गरेको नयाँ नगरपालिका तिलोत्तमामा थप सम्भावनाको खोजी र त्यसको प्रचारप्रसारको लागि पनि कार्यक्रम गर्न तिलोत्तमा जेसीज अग्रसर भएको उनको भनाई छ । त्यस्तै सम्मेलनमा आएका प्रतिनिधिहरुलाई तिलोत्तमा नगरपालिकाले गरेका राम्रा कामहरुको स्थलगत अवलोकन गराईने तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष विनोद सुवेदीले जानकारी दिए ।

सम्मेलनलाई सफल रुपमा सम्पन्न गर्नको लागि तिलोत्तमा जेसीजले तयारीका कामहरु करिब सम्पन्न गरेको महासचिव महेश शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार पत्राचार, सहभागिको दर्ता, आर्थिक व्यवस्थापन लगायतका तयारीका काम पूरा हुने चरणमा छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या ! तिलोत्तमाको औद्यागिक व्यापार मेलामा ९ करोडको कारोबार, ५ दिन म्याद थप