१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

झापा । वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

Advertisement

राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया गएका थिए। मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उनको त्यसपछिको वास्तविक अवस्थाबारेमा परिवारसमेत बेखबर छ ।

‘गैरकानुनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफू अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र विगत छ वर्षयता सम्पर्कसमेत टुटेको उनकी आमा सानी ढकाल घिमिरेले बताइन्। विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्ष पुगिसकेको छ ।

“छ वर्षदेखि छोराको कुनै खुटखबर छैन”, उनले भनिन्, “मलेसिया पुगेको सात–आठ दिनमै ‘इलिगल’ भएको आरोप लगायो आमा भनेर फोन गरेको थियो, अहिले मेरो छोरा जे–जस्तो अवस्थामा भए पनि खोजी गरिदिनुप¥यो।” वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैरकानूनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुनसक्ने परिवारको आशङ्का छ ।

उनकी आमाले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागजपत्र र फोटो बोकेर विभिन्न निकाय तथा जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताइन्। तैपनि कतैबाट अहिलेसम्म उद्धार एवं खोजीको पहल नभएको उनको गुनासो छ ।

“वडाध्यक्षलाई भेटेँ, पुलिसलाई भेटेँ”, उनले भनिन्, “सबैले कुरा सुन्नुभयो, कागजपत्र हेर्नुभयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नुहुन्छ, काम चाहिँ कसैले पनि गरिदिनु भएन।” उनले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गरेकी छिन् ।

मलेसियाको ‘एक्सडी एसडिएन बिएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पुर्याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।

घिमिरेको पासपोर्ट नं २४०१३४७ रहेको छ। रोजगारसम्बन्धी सम्झौतापत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूतावासले प्रमाणित गरी छापसमेत लगाएको छ। श्रम तथा रोजगार प्रवद्र्धन विभागले २०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्रअनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरेलगायत २९ नेपाली युवा एकैखेपमा मलेसिया गएको पुष्टि भएको छ । ती सबै नेपाली कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्नका लागि भनेर गएका थिए ।

घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीमा भीमबहादुर तामाङ, विनोद लिम्बू, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह विष्ट, गणेश भण्डारी, गौरी भण्डारी, गेदलाल मगर, गौरीप्रसाद थापा, गुरुराज पौडेल, लक्ष्मणप्रसाद कहर, लोकबहादुर रानामगर, मदनसिंह विष्ट, मनोज सुवेदी, मोहनप्रसाद खतिवडा, नवराज वस्ती, नीरबहादुर लिम्बू, ओमबहादुर ढकाल, पदमसुन्दर बुढाथोकी, पौरसिंह विष्ट, प्रकाश भुजेल, रविन राई, राजु गिरी, सन्तबहादुर खड्का, सुदर्शन बस्ताकोटी, सुनिल थापा, तेजबहादुर घर्ती र तीलबहादुर दाहाल रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ